back
NMB ad

तयार हुनुस्, तीन लघुवित्तले ल्याउँदैछ सवा ८ लाख कित्ता सेयर

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट तिनवटा लघुवित्त कम्पनीहरुले ८लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाईसकेका छन् । जसअनुसार ती कम्पनीहले ढिलोमा आगामी साउन मसान्तसम्ममा आइपीओ निष्काशन गरिसक्नेछन् ।

नेशनल माइक्रोफाइनान्सले गत जेठ २४ गते धितोपत्र बोर्डबाट प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ३ लाख कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति पाइसकेको छ ।

धादिङगको सदरमुकाम धादिङगबेशीमा मुख्य कार्यालय रहेको यो कम्पनीले एनआइबिएल क्यापिटल मार्केट्सलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ छ । आइपीओ जारी गरेपछि चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

त्यस्तै, गत असार १४ गते सुर्योदय लघुवित्तले धितोपत्र बोर्डबाट १ लाख २० हजार आइपीओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई नियुक्ती गरेको छ ।

स्याङ्जाको पुतलीबजारमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी २ करोड ८० लाख रुपैंया छ । आईपीओ निष्काशनपछि चुक्ता पुँजी ४ करोड रुपैंया पुग्नेछ ।

त्यस्तै, आरडीसी लघुवित्तले पनि असार १७ गते धितोपत्र बोर्डबाट ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल छ ।

रुपन्देहीको बुटबलमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । आइपीओ निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशितः २०७३ असार २३

वि.सं.२०७३ असार २३ बिहीवार १३:४९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...