back
NMB ad

असार पहिलो साताभित्र तीन कम्पनीको हकप्रद सेयर लिने यो अवसर नगुमाउनुहोला !

Kumari bank ad

काठमाडौ । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड र एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले असारको पहिलो साताभित्र हकप्रद सेयर जारी गर्न लागेका छन्।

स्वरोजगार लघुवित्त विकास बैंक

स्वरोजगारको हकप्रद असार १ गतेदेखि निष्काशन हुँदैछ । स्वरोजगारले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ ।

लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४९ लाख ९९ हजार तीन सय ६० रुपैयाँ बराबरको तीन लाख ४९ हजार नौ सय ९३ दशमलव ६० कित्ता सेयर जारी गर्नेछ । यसको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । जेठ १६ गतेसम्म कायम सेयरधनीले स्वरोजगार लघुवित्तले निष्काशन गर्न लागेको सेयर भर्न पाउँछन् ।

स्वरोजगार लघुवित्तका कार्यालय, एनएमबि क्यापिट नागपोखरी, एनएमबि बैंकका शाखा कार्यलयहरु तीनकुने, सूर्यविनायक, कुमारीपाटी, बनेपा, बुटवल, महेन्द्रनगर, धरान, विराटनगर, सुर्खेतरोड, नेपालगञ्ज, धनगढी, पोखरा, विरगञ्ज, भानुचोक, जनकपुर, चितवन, विर्तामोड, झापाबाट उक्त हकप्रद भर्न पाइनेछ ।

स्वरोजगार लघुवित्तको हकप्रद सेयर साउन ४ गतेसम्म खुला रहनेछ ।

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको हकप्रद असार ५ गतेदेखि निष्काशन हुँदैछ । मिर्मिरे माइक्रोफाइनान्सले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ ।

मिर्मिरेले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । मिर्मिरेको सेयर निष्काशन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । मिर्मिरेको हकप्रद भर्न जेठ १६ गतेभित्र सेयर किनिसकेको हुनुपर्नेछ ।

प्रभु क्यापिटल लिमिटेड कमलादी, मिर्मिरे फाइक्रोफाइन्सको डेभलपमेन्ट बैंकको सबै कार्यालय र प्रभु बैंक लिमिटेडका विराटनगर, विरगन्ज, सुर्खेत, वुटवल, धनगढी र नेपालगञ्जबाट उक्त हकप्रदका लागि आवेदन दिन सकिनेछ ।

मिर्मिरेको हकप्रद साउन ८ गतेसम्म भर्न सकिनेछ ।

एनबि इन्स्योरेन्स कम्पनी

एनबि इन्स्योरेन्स कम्पनीको हकप्रद असार ५ गतेदेखि निष्काशन हुँदैछ । एनबि इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्दैछ ।

एनबिले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । एनबिको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धकमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । एनबिको हकप्रद जेठ ३ गतेसम्म कायम सेयरधनीले भर्न पाउनेछन् ।

इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा एनबिका सम्पूर्ण शाखाहरुबाट हकप्रद भर्न सक्नेछन् ।

एनबिले साउन ९ गते हकप्रद निष्काशन बन्द गर्ने जनाएको छ ।

प्रकाशित मितिः २०७४ जेठ ३०

वि.सं.२०७४ जेठ ३० मंगलवार ११:०१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...