back
NMB ad

विश्व विद्यालयमा जनशक्तिको आधिकारिक सुचि तयार पार्न मैनालीको आग्रह

Kumari bank ad

अमेरिकाको पाठ्यक्रम हाम्रो भन्दा ३० वर्ष अघि रहेकोलेएमालेका केन्द्रीय सदस्य मैनालीले त्रिभूवन विश्व विद्यालयलाई आवश्यक जनशक्तिको आधिकारिक सुचि तयार पारेर अघि बढ्न आग्रह गरेका छन् ।

काठमाडौँ । सरोकारवालाहरुले त्रिभुवन विश्व विद्यालयका आंगिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुको मागमा गंभिर बन्न सुझाव दिएका छ । आंशिक्षक प्राध्यापक संघले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्र्तक्रियामा पूर्व शिक्षामन्त्री राधाकृष्ण मैनालीले आंशिक प्राध्यापकहरुका माग सम्बोधनको लागि त्रिभुवन विश्व विद्यायललाई गंभिर बन्न सुझाव दिएका हुन् ।

त्रिभूवन विश्व विद्यालयलाई आवश्यक जनशक्तिको आधिकारिक सुचि तयार पारेर अघि बढ्न आग्रह

नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माको सभापतित्वमा भएको अन्र्तक्रियामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मैनालीले आंशिक प्राध्यापकहरुले उठाएको जायज मागहरुमा आफ्नो समर्थन रहेको भन्दै समस्या समाधानको लागि त्रिभूवन विश्व विद्यालयलाई आवश्यक जनशक्तिको आधिकारिक सुचि तयार पारेर अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले त्रिभुवन विश्वविद्यालय सञ्चालन भैरहनु वा बन्द गर्नुमा कुनै तात्विक फरक नपर्ने दावी गरे ।

उनले भने,‘हाम्रो देशको एउटा नमिठो संस्कृति बसेको छ, ८ पढेको यूवा र डिग्री पास गरेको यूवा सँगसँगै खाडिमा भेटिन्छन् ।

यस्तै हुने हो भने हाम्रो विश्वविद्यालयलाई किन सञ्चालन गर्नुप¥यो ? उनले थपे,‘ विश्वविद्यालय दक्ष जनशक्ति उत्पादन गर्ने भन्दा पनि पार्टीको भर्ती केन्द्रको रुपमा स्थापित भईसकेको छ ।’
भण्डारीले त्रिभुवन विश्वविद्यालय बिग्रेको मात्रै नभई भत्केको टिप्पणी गर्दै भने,‘आंशिक प्राध्यापकहरु कोही पिएच.डि गर्दैछन्, त्रिविमा पढाएर महिनाको ५ हजार तलव खान्छन्, त्यही विश्वविद्यालयमा महिनाको पाँचदिन क्लास लिदैनन् तर ६५ हजार तलव खान्छन्, के यहि हो त्रिविको असली उद्देश्य ?’

अमेरिकाको पाठ्यक्रम हाम्रो भन्दा ३० वर्ष अघि छ

उनले नेपालको राजनीतिमा रहेको दिउँसो झगडाको किक्तामा उभिने, साँझ परेपछि मिल्ने र अन्त्यमा खाने काममा एक हुने सस्कृतिको त्रिभुवन विश्वविद्यालय रहेको भन्दै धेरै राजनीति भएकोले यसखाले प्रक्रियाले दक्ष जनशक्तिको उत्पादन नहुने दावी गरे ।
भण्डारीले भने,‘ अमेरिकाको पाठ्यक्रम हाम्रो भन्दा ३० वर्ष अघि छ, हामी त्यति पछि छौँ, दक्ष र उर्जाशिल यूवाहरु कसरी भोको भेट भर्ने भन्ने चिन्तामा व्यस्त छन् कसरी अब्बल र प्रभावकारी शिक्षा नीति निर्माण हुन्छ ?’
कार्यक्रममा त्रिवि प्राध्यापक महासचिव नन्दकिशोर सिंहले आंशिक प्राध्यापकहरुको आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोडदिए ।
त्यस्तै नेपाल प्रगतिशिल प्राध्यापक संघका सचिव रामकुमार राईले आंशिक प्राध्यापकहरुको आन्दोलन पेशागत र शिक्षा क्षेत्रको सुधारको लागि भएको दाबी गरे ।
सचिव राईले त्रिविमा कार्यरत काम नगरेर जागिर खाने कपाल फुलेका सेता हात्तिहरुलाई राज्यले पालिरहेको आरोप लगाउँदै भने,‘त्रिविमा वर्षमा धेरै दिन घुमफिर गर्ने र थोरै दिन पिरियड लिने स्थायी प्राध्यापकहरुलाई राज्यले सेतो हात्ति जस्तो पालिरहेको छ, हामीलाई सस्तो श्रमको रुपमा प्रयोग गरिहेको छ ।’
कार्यक्रममा त्रिवि प्राध्यापक संघका सह–संयोजक बालमुकुन्द रेग्मीले त्रिविले धान्न सक्ने जनशक्तिको आधिकारीक संख्या सार्वजनिक गराउन बाध्या पर्नको लागि आंशिक प्राध्यापकलाई आग्रह गरे ।

नेपालको शिक्षा नीतिलाई प्रभावकारी रुपमा कार्यन्यवन गर्नको लागि राज्य चुकेको

त्यस्तै प्रजातान्त्रिक प्राध्यापक संघका सचिव जनकरत्न मल्लले नेपालको शिक्षा नीतिलाई प्रभावकारी रुपमा कार्यन्यवन गर्नको लागि राज्य चुकेको बताए । त्रिविका भिसी, रेक्टर र अन्य पदाधिकारीहरु राजनीतिक दलका झोले कार्यकर्ताको रुपमा राज्य मच्चाईरहेको आरोप लगाए ।
प्रकाशित मितिः २०७४ भाद्र १०

वि.सं.२०७४ भदौ १० शनिवार १३:२३ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....