back
NMB ad

विमानस्थल भन्सार कार्यालयबाट समातिएको ३३ किलो सुन अर्थमन्त्री कृष्णबहादुर महराको !

Kumari bank ad

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैद्य रुपमा मित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेपछि धेरै रहस्यहरु एक पछि अर्को गरी खुल्न थालेका छन ।

अर्थमन्त्री कृष्णबहादुर महराकै सेटिङमा अवैध रुपमा सुन आयत हुने गरकेो स्रोतको दाबी छ । ३३ किलो सुन सहित पक्राउ परेका गोपाल शाहीले केही महिनायता ३ सय किलो सुन नेपालमा विमानस्थलबाटै ल्याएको बयान दिएपछि उक्त सुन तस्करीमा अर्थमन्त्री महराको नाम जोडिएको हो ।

अवैध सुन ल्याउने को को हुन भन्ने कुरा सरकारले भन्सारका कर्मचारीलाइ कडा कारवाही गर्ने हो भने यसको रहस्य खुल्छ । सरकारका माथिल्लो तहका सबैलाइ सुन तस्करबारे थाहा छ । तर सुनतस्करीको जालो अर्थमन्त्रीसँग जोडिएकाले भरिया शाही पक्राउ परे पनि सुनका वास्तविका मालिक गुमनाम छन् ।

मुख्यत भन्सार कर्मचारीकै मिलेमतोमा विमानस्थलबाट अवैध रुपमा सुन आइरहेको कुरामा दुईमत छैन । स्रोतका अनुसार विमानस्थल भन्सारमा सुन तस्करीको सेटिङ मिलाउकनकै लागि अर्थमन्त्री महराले माओवादी समर्थक सहसचिव नारायण सापकोटालाई प्रमुख भन्सार प्रशासकका रुपमा दुई महिनाअघि सरुवा गरेका हुन् ।

महराका छोरा निर्मल महरा ’एटम’ र निजी सचिव नेत्र पौडेलको डिजाइनमा सुन तस्करी गर्नकै लागि सापकोटालाइ एयरपोर्ट पठाइएको हो । गोपाल शाहीले ३ सय किलो सुन भित्राएको बयान दिए पनि अर्थमन्त्री महरा आएपछि त्यो भन्दा ठूलो परिमाणमा सुन आएको स्रोतको दाबी छ ।

सीआइबीले भन्सारबाट पार भइसकेपछि सुन बरामद गरेको घटनाले पनि यसमा अर्थमन्त्री महरा तानिएका हुन । माथिल्लो सेटिङबिना एक जना भन्सार प्रमुखले मात्रै यति ठूलो परिमाणको सुन तस्करी गर्ने आँट गर्दैनन् । यस घटनापछि अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सारका २९ कर्मचारीलाइ जिम्मेवारीबाट अलग गरिएको छ । तर सीआइबीका अधिकारी भन्छन् अवैध सुन आयातमा मुख्य दोषी भन्सारका कर्मचारीलाइ भ्रष्टाचार र संगठीत अपराधमै कारवाही गर्नुपर्छ अनिमात्र यस्ता क्रियाकलाप नियन्त्रण हुनसक्छ । संगठीत अपराध पुष्टि भएका १५ वर्षसम्म कैद हुनसक्छ ।

एयरपोर्ट भन्सारमा लामो समयदेखि रेडियो टेक्निसियन विन्दुकाजी महर्जन, तथ्यांक अधिकृत श्रीनारायण यदव र प्रमुख भन्सार अधिकृत टंक पौडेलले नै सुन तस्करीमा सेटिङ गर्दे आएको खुलेको छ ।

प्रकाशित दृष्टि साप्ताहिक, २६ पुस २०७३, ३।४५

वि.सं.२०७३ पुस २६ मंगलवार १६:२३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...