back
NMB ad

अनिल शाह आठ वर्ष पछि नविलमै फर्किए

Kumari bank ad

काठमाडौं । अर्चित बैंकर अनिलकेशरी शाह ८ वर्षपछि नबिल बैंकमै फर्किने भएका छन् । विहिबार बसेको नबिल बैंकको बोर्ड बैठकले शाहलाई पुनः प्रमख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त गरेको हो ।

उनले ८ वर्षअघि नबिल बैंक छाडेर मेगा बैंकमा सिईओको जिम्मेवारी सम्हालेका थिए । उनी मेगाबाट सेञ्चुरी बैंकमा जान समहत भएका थिए।

त्यसअनुसार सेन्चुरी बैंको सञ्चालक समितिले निर्णय गरेपनि उनले मासिक रूपमा बुझ्ने भनिएको तलबमा नेपाल राष्ट्र बैंकले असहमति जनाएको थियो ।

यही अवस्थामा बिहीबार शाहलार्इ नबिल बैंकमै फर्किने गरी निर्णय भएको छ । युवाअवस्थामै बैंकको सिईओ बनेका शाह अहिले बैंकर संघको अध्यक्ष पनि हुन् ।

स्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ करिय थालेका शाहले यसअघि ५ वर्ष नबिलमै सिईओको रुपमा काम गरेका थिए । मेगा बैंक नेपालको स्थापना कालदेखि सिइओ रहेका उनी दुई कार्यकाल (८ वर्ष) पूरा गरी सेञ्चुरी बैंक पुगेका थिए ।

२०७४ पुस १३ गते प्रकाशित

वि.सं.२०७४ पुस १३ बिहीवार २१:५२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...