काठमाडौ । सांग्रीला डेभलपमेन्ट बैंकले एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री खुला गरेको छ । बैंकले १० बराबर आठ अनुपातमा पुस १७ गते सोमबारदेखि ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।
बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकले हकप्रद जारी गर्न मंसिर २७ गते बुधबारदेखि बुक क्लोज गरेको थियो । मंसिर २६ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका बैंकका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।
हकप्रदमा आस्बा सदस्यमा सहभागि सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन गर्न सकिनेछ । त्यस्तै विक्री प्रबन्धकको कार्यालय कमलादी, सांग्रीला डेभलपमेन्ट बैंकको कार्यायल बालुवाटार तथा अन्य सम्पुर्ण शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ । प्रभु बैंकको शाखाहरु बनेपा, विराटनगर, वीरगञ्ज,जनकपुर, र दमक शाखाबाट पनि आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ ।
हकप्रदमा आवेदन गर्ने अन्तिम दिन माघ २१ गते रहेको छ । बैंकको जेठ १९ गते सम्पन्न १२ औं बार्षिक साधारण सभाले ८० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो ।
एक अर्ब ३५ करोड पूँजी रहेको बैंकको ८० प्रतिशत हकप्रद निश्कासनपछि चुक्ता पूँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड पूँजी गत आर्थिक बर्षको बोनस वितरण गरि कायम गर्ने बैंकले जनाएको छ ।
बैंकले चालु आवको प्रथम त्रैमासमा चार करोड १० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक १२ रुपैयाँ ०९ पैसा कायम गरेको छ । बैंकको सेयर सोमबार प्रतिकित्ता १९४ रूपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।
२०७४ पुष १७ गते प्रकाशित
वि.सं.२०७४ पुस १७ सोमवार १४:१४ मा प्रकाशित