back
NMB ad

चार कम्पनीको ५०% सम्म आकर्षक बोनस,नगद लाभाँश सँगै हकप्रद भर्ने सुवर्ण अवसर,पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ । प्रभु इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०१ प्रतिशत नगद लाभाँश प्रदान गर्ने भएको छ । कम्पनीले बोनस सेयर पश्चातको चुक्ता पुँजीमा ४६ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ ।

यसका लागि कम्पनिले कार्तिक २१ गतेका लागि साधारण सभाको मिति तोकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख रुपैंया रहेको छ ।

साधारण सभाका लागि कम्पनिले कार्तिक ७ गते बुक क्लोज गर्दैछ । बोनस र हकप्रद प्रप्त गर्न कार्तिक ६ गते भित्रै सेयर किनिसक्नुपर्नेछ ।

यस्तै वोमी माईक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत बोनस लगत्तै ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । असोज ३१ गते बसेको सञ्चालक समितिको ९५ औँ बैठकले सो निर्णय गरेको हो ।

हालसम्मको चुक्ता पूँजी रु ६ करोड ४८ लाखको २० प्रतिशतले हुने बोनस सेयर रकम रु १ करोड २९ लाख ६० हजार वितरण गर्ने साधारण सभामा पेश गरिने भएको छ ।

माईक्रोफाइनान्सको कार्तिक ३० गते साधारण सभा गर्ने भएको छ । यसका लागि कम्पनिले कार्तिक १६ गते देखि ३० गते सम्म बुक क्लोजको निर्णय गरेको छ । सो आधारमा बोनस पाउनका लागि कार्तिक १५ गते भित्र सेयरधनीले सेयर किनिसक्नुपर्ने हुन्छ ।

सोही बैठकले चितवन जिल्ला भरतपूर महानगरपालिका वडा नं १२ मा यस बित्तीय संस्थाको प्रयोजनका लागि रु १ करोड ५ लाखमा जग्गा खरिद गर्ने निर्णय गरेको छ ।

यसैगरी स्वदेशी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरणपश्चात् १०० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । पछिल्लो सञ्चालक समिति बैठकले उक्त बोनस र बोनसपछि कायम हुने चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय लिएको हो ।

हाल लघुवित्तको चुक्ता पुँजी १० करोड रुपैयाँ छ। १५ प्रतिशत बोनस सेयरपछि भने चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ हुनेछ । यो पुँजीबाट १०० प्रतिशत हकप्रद निष्काशनपछि स्वदेशीको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

त्यस्तै महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको असोज २१ गते शनिबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४ करोड रुपैयाँबाट बोनस र नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

यसैगरी, बोनस सेयर दिइसकेपछि कायम हुने ६ करोड रुपैयाँ चुक्ता पुँजीबाट ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद जारी गरी चुक्ता पुँजी ९ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि आगामी साधारण सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः २०७४ कार्तिक ५

वि.सं.२०७४ कात्तिक ५ आइतवार १०:२० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...