back
NMB ad

१ करोड ८१ लाख कित्ता हकप्रद सेयरको यो मौका नगुमाउनुहोला !

Kumari bank ad

काठमाडौ । कैलाश विकास बैंकले फागुन ६ गतेदेखि चैत्र १० गतेसम्मका लागि २० प्रतिशत हकप्रद सेयरको निष्काशन खुला गरेको छ । पुस १३ गतेसम्म कायम सेयरधनीले भर्न पाउने उक्त सेयरको निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालय र कैलाश विकास बैंकको सबै शाखा कार्यालयबाट हकप्रद सेयर भर्न पाइने र बैंकको पाँच कित्ता सेयर हुनेले एक क्रित्ता सेयर पाउने बताइएको छ ।

कैलाश विकास बैंकबाहेक चार वटा बैंक तथा वित्तीय संस्था हकप्रद निष्काशनको अन्तिम तयारीमा लागेका छन् । भार्गव विकास बैंक, डिप्रोक्स लघुवित्त, नेरुडे लघुवित्त र कुमारी बैंकले कुल एक करोड ८१ लाख ७१ दशमलव एक कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् । चार वटै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाइसकेका छन् ।

हेर्नुहोस् कुन कम्पनीको कति सेयर ?

कुमारी बैंक

कुमारी बैंक लिमिटेडले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्दैछ । बैंकले एक सय रुपैंया अंकित दरमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार दुई सय रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

भार्गव विकास बैंक

भार्गव विकास बैंकले आागामी फागुन २४ गतेदेखि शतप्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हकप्रद सेयर आगामी ११ गतेसम्म कायम सेयरधनीका लागि जारी गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

नेरुडे लघुवित्त विकास बैंक

नेरुडे लघुवित्त विकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । नेरुडेले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड रुपैयाँ बराबरका नौ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस बितरणको प्रस्ताव गरेको लघुवित्तले आगामी वार्षिक साधारणसभाबाट हकप्रद र बोनस दुबै प्रस्ताव पारित गर्नेछ ।

डिप्रोक्स लघुवित्त विकास बैंक

डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले शतप्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले एक सय रुपैयाँ अंकित दरमा २५ करोड ७९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले जारी गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित मितिः २०७३ फागुन ८

वि.सं.२०७३ फागुन ८ आइतवार १२:१५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...