back
NMB ad

चार जलविद्युत आयोजनाद्वारा साधारण सेयर निष्काशनको तयारी

Kumari bank ad

काठमाडौं । स्वदेशी लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत आयोजनाले छिट्टै नै साधारण शेयर निश्काशन गर्ने तयारी गरेका छन । माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत आयोजनाले साधारण शेयर जारी गर्ने तयारी गरेका हुन ।
नेपाल धितोपत्र बोर्डमा साञ्जेन जलविद्युत आयोजनाले सीमित साधारण शेयर जारी गर्ने तयारी स्वरुप आवेदन दिएको छ । सो आयोजनाले ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।
साञ्जेनले माथिल्लो साञ्जेन र साञ्जेन गरी दुई जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ती आयोजनाको कूल क्षमता ५७.३ मेगावाट रहेको छ । सो कम्पनीको साधारण शेयर नागरिक लगानी कोषमार्फत बिक्री गरिनेछ ।

चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि आगामी एक महिनाभित्र सीमित साधारण शेयर जारी गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलगत्तै सो आयोजनाले सीमित साधारण शेयर जारी गर्ने तयारी थालेको छ । कूल १११ मेगावाट क्षमताको सो आयोजनाले साधारण शेयर जारी गर्ने प्रयोजनका लागि धितोपत्र बोर्डमा गत वैशाख १३ गते नै आवेदन दिइसकेको छ ।
पहिलो चरणमा बिक्री गर्न लागिएको शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीका कर्मचारीले खरिद गर्न पाउने व्यवस्था छ ।

शेयर संरचनाअनुसार कोषका पाँच लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चयकोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत शेयर बिक्री गरिनेछ । पहिलो चरणमा रु एक अर्ब ६४ करोड २१ लाख ४० हजार बराबरको एक करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर निष्काशन गरिनेछ ।

यस्तै आयोजना प्रभावित रसुवालीका लागि १० प्रतिशत र अन्य सर्वसाधारणका लागि १५ प्रतिशत शेयर बिक्री गर्ने गरी तयारी गरिएको छ । कम्पनीले सिद्धार्थ क्यापिटल, एनआइबिएल, ग्लोबल आइएमइ र एनसिएम मर्चेन्ट बैंकिङमार्फत साधारण शेयर बिक्री गर्नेछ ।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले पनि आगामी माघको पहिलो साता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।

आयोजनाले सर्वसाधारणका लागि रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ ।

सर्वसाधारणका लागि कूल शेयरको १५ प्रतिशत, आयोजना प्रभावित दोलखाका जनताका लागि छुट्याइएको १० प्रतिशत साधारण शेयरसमेत आगामी माघमा नै बिक्री गरिनेछ । स्थानीयवासीले दोलखाका सहकारी संस्थामार्फत पनि शेयर खरिद गर्न सक्नेछन ।

आयोजनाले प्रभावितका लागि जारी पुँजीको १० प्रतिशत अर्थात एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर बिक्री गर्नेछ ।

यस्तै चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीमध्ये भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले पनि रु दुई अर्ब ९४ करोड बराबरको साधारण शेयर जारी गर्ने तयारीलाई अन्तिमचरणमा पु¥याएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७४ 

वि.सं.२०७४ मंसिर २ शनिवार १४:०७ मा प्रकाशित

You can share this post!

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...