back
NMB ad

नेप्सेमा एकसाथ ५ कम्पनीको सेयर मूल्य समायोजन !

Kumari bank ad

काठमाडौ। नेपाल स्टक एक्स्चेञ्जमा पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बिहीबार एकैदिन किसान माइक्रोफाइनान्स वित्तीय संस्था, सुमीट माइक्रोफाइनान्स र सिन्धु विकास बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ ।

त्यस्तै, नेप्सेले सोही दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीेको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले किसान माइक्रोफाइनान्स वित्तीय संस्थाकोे २४.२२३६ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २५९६ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १८७७ रुपैयाँ रहने भएको छ ।

त्यस्तै, नेप्सेले सुमीट माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १९०५ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १७१६ रुपैयाँ रहने भएको छ ।

सिन्धु विकास बैंकको पनि ८० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २२२ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य २८८ रुपैयाँ रहने भएको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीे दुबैको १० प्रतिशत बोनस पछिको सेयर मूल्य नेप्सेमा समायोजन भएको छ । अरुण भ्यालीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २४४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ३१४ रुपैयाँ रहने भएको छ ।

त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०६८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १०४१ रुपैयाँ रहने भएको छ ।

प्रकाशित मितिः २०७४ भदौ ९

वि.सं.२०७४ भदौ ९ शुक्रवार १७:४३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...