back
NMB ad

पाँच नम्बर प्रदेश टुक्र्याउन खोजे प्रतिकार गर्ने चेतावनी

Kumari bank ad

अर्घाखाँची। जिल्लास्थित विभिन्न राजनीतिक दलआबद्ध नेताहरुले पाँच नम्बर प्रदेश टुक्राउने चलखेल भैरहेको भन्दै त्यसो गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

तराई र पहाडलाई अलग गर्न नहुने भन्दै उनीहरुले तराईका जिल्लाबाट गुल्मी, पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेट्न खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी दिए ।

पाँच नम्बर प्रदेश टुक्राउन नपाइने माग गर्दै उनीहरुले संयुक्तरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले संयुक्त रुपमा सन्धिखर्कमा आयोजना गरेको ‘पाँच नम्बर प्रदेश टुक्राउन नदिने’ विषयक अन्तक्रिया कार्यक्रममा नेपाली काँग्रेस अर्घाखाँचीका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले सङ्घीय पुनः संरचनाको नाममा वा कुनै पनि बहानामा पाँच नम्बर प्रदेशलाई टुक्र्याउने र तराईका जिल्लाबाट गुल्मी पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेटन खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी दिए ।

पहाड तथा तराईका जिल्ला समेटेर बनाएको अहिलेको संरचना नै उपयुुक्त भएको बताउँदै उनले यसलाई टुक्राउन नहुने बताए ।

नेकपा (एमाले)का अध्यक्ष चेतनारायण आचार्यले देशी विदेशीको इसारामा अहिले सरकार पाँच नम्बर प्रदेशलाई टुक्राउन लागि परेको चर्चागर्दै यो प्रदेश टुक्राउन खोजे त्यसको प्रतिकार गर्ने बताए ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला सहसंयोजक छमकुमारी खनालले कुनै बहानमा पाँच नम्बर प्रदेश टुक्राउन नहुने बताए ।

राष्ट्रिय जनमोर्चाका नेता सागर केसीले सङ्घीयता मुलुकमा टिक्न नसक्ने बताउँदै सङ्घीयताको उपज नै अहिले मूलुक र जिल्ला टुक्राउने चलखेल भएको धारणा राखे ।

नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सोभाखर पन्थी र उद्योग वाणिज्य संघ अर्घाखाँचीका महासचिव नेत्रप्रसाद भुसाल लगायतले कुनै पनि हालतमा यो प्रदेशलाई टुक्राउन नहुनेमा जोड दिए ।

प्रकाशित मितिः २०७३ मंसिर ८

वि.सं.२०७३ मंसिर ८ बुधवार १६:४७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...