back
NMB ad

सत्ताइस वर्षदेखि मालसामान सरकारी गोदाममै

Kumari bank ad

धनगढी । नेसनल ट्रेडिङ लिमिटेडको यहाँस्थित कार्यालयमा सर्वसाधारणलाई बिक्री वितरण गर्न २७ वर्षअघि आयात गरिएको मालसामान सडेगलेको अवस्थामा फेला परेका छन् ।

विसं २०४५ मा भारतले लगाएको नाकाबन्दीपछि तत्कालीन सरकारले आपूर्ति व्यवस्था असहज हुन नदिन नेसनल ट्रडिङको धनगढी कार्यालयमा पठाएका मालसामान बिक्री वितरण हुन नसकेपछि २७ वर्षदेखि गोदाममा थन्किइ सडेका हुन् ।
प्रत्येक आवको सुरुमा मौज्दात रहेका सामान र तिनको अवस्थाका बारेमा फराम भरी केन्द्रीय कार्यालयमा पठाइने गरिए पनि केन्द्रबाट यी सामान लिलाम गर्ने वा नष्ट गर्ने भन्नेबारेमा कुनै निर्णय हुन नसकेको कार्यालयका प्रमुख रामकृष्ण जोशीले बताए ।

विसं २०४५ को नाकाबन्दीका बेला सुदूरपश्चिमका सबै जिल्लामा रहेका नेसनल ट्रेडिङका डिपोमार्फत त्यति बेला सर्वसाधारणलाई विभिन्न मालसामान बिक्री गरी आपूर्तिको व्यवस्था गरिएको थियो । डिपोमा बिक्री नभएका सामान लिमिटेडको धनगढी गोदाममा ल्याई थन्क्याइएको थियो ।

गोदाममा झन्डै सात–आठ बोरा म्याद नाघेका विभिन्न प्रकारका साबुन, पेन्सिल, जुत्ता चप्पललगायतका सामग्री मौज्दात छन् । सर्वसाधारणलाई गुणस्तरीय दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, मेसिनरी सामान, औद्योगिक कच्चा पदार्थलगायतका मालसामान बिक्री वितरण गर्ने जिम्मा लिएको सरकारको पूर्ण स्वामित्वको यो कार्यालयमा वर्षौंदेखि बिक्रीका मालसामान नआएपछि कर्मचारी कामविहीन समेत भएका छन् ।

पानी तान्न प्रयोग हुने मोटरबाहेकका अरु सामान नहुँदा वर्षौंदेखि कार्यालयका चार जना कर्मचारी कामविहीन हुनुपरेको कार्यालयका प्रमुख जोशीले जानकारी दिए

कारोबार नहुने देखिएपछि कार्यालयसँग रहेको झन्डै १६ हजार बोरा अटाउने क्षमताको गोदाम साल्ट ट्रेडिङ कर्पोरेसनलाई भाडामा दिइएको छ । धातुका पाटपुर्जाले बनेको कार्यालयको गोदाम पनि समयमै मरमत र सम्भार हुन नसक्दा चुहिने भई जीर्ण बन्दै गएको छ ।
प्रकाशितः २०७३ जेठ ८

वि.सं.२०७३ जेठ ८ शनिवार ११:३८ मा प्रकाशित

You can share this post!

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल मेष...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...