back
NMB ad

प्रियंकालाई ४० दिनमा १०० करोड

Kumari bank ad

काठमाण्डौं ।  बलिउडबाट हलिउडतिर फड्को मारेकी प्रियंका चोपडाको चर्चा अहिले जतासुकै छ । सिरियल ‘क्वान्टिको’ पछि ठूलो फिल्म ‘बेवाच’मा पनि अभिनय गरेपछि प्रियंकाले अहिले हलिउडमा आफ्नो नाम बनाइरहेकी छन्।

यिनै प्रियंका हलिउडबाट ४० दिनको ब्रेक लिएर बलिउड आउन लागेको कुरा अहिले समाचार बनेको छ । त्यो पनि किनभने, यो ब्रेकमा उनले भारतमा २४ वटा विज्ञापनमा अभिनय गर्ने र त्यसका लागि उनले करिब १०० करोड भारु पाउने हुनाले ।

हलिउडसँगै प्रियंका बलिउडमा पनि निकै सफल छिन् । यी पूर्व विश्वसुन्दरीले अभिनय गरेका पछिल्ला हिन्दी फिल्महरु पनि सफल छन् । यसपालिको बलिउड ब्रेकमा उनले विज्ञापनहरुसँगै नयाँ हिन्दी फिल्महरुमा पनि अभिनय गर्ने टुंगो लगाउने बताइएको छ । हलिउडमा पाएको सफलतापछि के उनी जेम्स बोन्डमाथि बन्ने फिल्ममा बोन्ड गर्ल बन्न ईच्छुक छन् भनि सोधिएको प्रश्नमा प्रियंकाले भनिन्, ‘किन बोन्ड गर्ल ? म बोन्ड नै बन्न चाहन्छु !’
प्रकाशितः २०७३ जेठ १२

वि.सं.२०७३ जेठ १२ बुधवार १५:४९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...