back
NMB ad

राजधानीका अधिकाँश ट्रान्सफरमर जलेको जल्यै

Kumari bank ad

काठमाडौं । ग्याँस अभावका कारण खाना पकाउन राइस कुकर र इन्डक्सन चुलो प्रयोग गर्ने क्रमसँगै विद्युत आपूर्तिमा समस्या देखिएको छ । अझ भनौं विद्युत्को कटौती बढिरहेको छ ।
खाना पकाउने एकै समय एकै पटक राईस कुकर र इन्डक्सन चुलोको प्रयोग, बढी बिजुली खपत हुँदा ट्रान्फरमर तथा कन्डक्टर जल्ने क्रम बढेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । उनले भने, ‘हामीसँग सिमित क्षमतामा ट्रान्फरमर छन्,’ ‘एकै पटक बढी लोड हुँदा धान्न नसकेर फ्युज जाने वा जल्ने क्रम बढेको छ ।’

काफ्लेका अनुसार पछिल्लो समय ट्रान्फरमर भन्दा पनि ‘कन्डक्टर’ जल्ने क्रम बढेको छ । उपत्यकाका प्रायजसो स्थानमा कन्डक्टर जल्न थालेको उनले बताए । हाल प्रयोगमा आएको कन्डक्टर पुराना भएकाले बढी लोड थेग्न नसकी जल्न थालेको उनले जानकारी दिए ।
‘यो अप्रत्यासित रुपमा आएको समस्या हो,’ उनले भने, ‘प्राधिकरण यसलाई यथासक्दो छिटो समाधान गर्ने तर्फ लागेको छ ।’

सरकारले खाना पकाउने समयमा जनतालाई विजुली दिने भनिएपनि एकैचोटी बढी लोड पर्दा झन् बढी समस्या आउन थालेको छ । विहान वेलुकीको बढी विजुली खपत हुने समयमा अत्यावश्यक सामग्री बाहेक अन्य बढी विजुली खपत गर्ने समान प्रयोग नगर्न पनि प्राधिकरणले सबैसँग आग्रह गरेको छ ।

हाल कतिपय स्थानमा बढी क्षमता भएको ट्रान्सफरमर राख्न थालिएको समेत काफ्लेले जानकारी दिए । तर, कन्डक्टर भने तत्काल परिवर्तन गर्न नसकिने प्राधिकरणको भनाई छ ।
यता सरोकारवालाहरुले पनि विजुलीको अत्याधिक लोड बढी भइ कन्डक्टरहरु जल्ने क्रम बढ्दा शहरमा लागलागी हुने खतरा बढेको बताउछन् । शहरमा घरसँगै ट्रान्फरमर तथा कन्डक्टर रहेकाले कन्डक्टर जल्दा कतै घरैपनि जल्ने खतरा रहेको उनीहरु बताउँछन् ।

शहरमा कन्डक्टर जल्ने क्रम बढेसँगै कतिपय घरायासी प्रयोगमा धेरै बिजुली खपत गर्नेहरु अँध्यारोमा बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । यता ग्याँस नभएका उपभोक्ताहरु भने हैरानीमा परेका छन् ।

वि.सं.२०७२ मंसिर १७ बिहीवार १७:२१ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...