back
NMB ad

बैंकको ४ लाख ५० हजार कित्ता शेयर आवेदन खुल्ला, कहाँ–कहाँबाट दिने आवेदन!

Kumari bank ad

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको आजबाट सेयर आवेदन खुला भएको छ। बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले १०० रुपैयाँ अंकित दरका ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन भएको हो ।

साधारणशेयर निष्काशनका लागि बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । ४ साता अघि धितोपत्र बोर्डबाट शेयर निष्काशनको स्वीकृति पाएको बैंकले ४ करोड ५० लाख रुपैंया बराबरको ४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

बागलुङमा मुख्य कार्यालय रहि बाग्लुङ, म्याग्दी र कास्की गरी ३ जिल्लामा सेवा दिंदै आएको बैंकले चुक्ता पूँजी १० करोड रुपैंया पुर्याउनका लागि साधारण शेयर निष्काशन भएको हो । आवेदकले न्युनतम ५० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदकले आवेदन दिन सक्नेछन् ।

कहाँ कहाँबाट आवेदन दिन सकिन्छ ?
ग्रीन डेभलपमेन्ट बैंकको हरिशंकर रोड बागलुङ र शाखा कार्यालय बेनीबाट आवेदन दिन सकिनेछ।

एनआईबिएल क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट, ग्रोमोर मर्चेन्ट बैंक दरवारमार्ग, विभोर क्यापिटल कृष्णगल्ली, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शाखा कार्यालयहरु हरिहरभवन, चाबहिल, वीरगञ्ज, हेटौंडा र चारआली, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, कुमारीपाटी, इटहरी, नेपालगञ्ज, विर्तामोड र दाङ शाखाबाट आवेदन दिन सकिने छ।

त्यस्तै एपेक्स डेभलपमेन्ट बैंक दरवारमार्ग, लोकन्थली, नारायणगढ, चिप्लेढुंगा, नेपालगञ्जबाट आवेदन दिन सकिनेछ।  सिनर्जी फाइनान्सको शाखा कार्यालयहरु कमलादी, गंगबु, पोखरा न्यूरोड, बुटवलबाट आवेदन दिन सकिनेछ।

साझा विकास बैंकको धनगढी, कैलाली तथा टिकापुर र महेन्द्रनगरका कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।  टुरिजम डेभलपमेन्ट बैंकको नयाा बानेश्वर, कुमारीपाटी, गंगबु र पोखराबाट पनि आवेदकले सेयर आवेदन दिन सक्ने छन्।

प्रकाशितः २०७३ जेठ २२

वि.सं.२०७३ जेठ २२ शनिवार १५:१० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...