back
NMB ad

गोली प्रहारबाट गायिका क्रिस्टिना ग्रिम्मीको मृत्यु

Kumari bank ad

काठमाण्डौं । युक्त राज्य अमेरिकाको फ्लोरिडामा गोली प्रहारबाट गायिका क्रिस्टिना ग्रिम्मीको निधन भएको छ । अमेरिकाको टेलिभिजन कार्यक्रम दि भ्वाइसु बाट चर्चामा आएकी ग्रिम्मीलाई एक बन्दूकधारीले गोली प्रहार गरेको र गोली लागेपछि उपचार गराउने क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

फ्लोरिडाको ओर्लोन्डोमा आयोजित एक कन्सर्टमा अटोग्राफ दिँदै गर्दा उनलाई एक बन्दूकधारीले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएकी २२ वर्षीया गायिकाको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

अमेरिकी समय अनुसार शुक्रबार राति करिव पौने ११ बजे उनीमाथि गोली प्रहार गरिएको थियो ।

गोली प्रहार गर्ने बन्दूकधारीले क्रिस्टिनालाई गोली प्रहार गरिसकेपछि आफैंलाई गोली हानी घाइते बनाएका थिए। प्रहरीले गोली हान्नेको नाम गोप्य राखेको छ ।

२०१४ को दि भ्वाइसको सिजन ६ मा क्रिस्टिना तेस्रो भएकी थिइन्।

उनको मृत्युको पुष्टि गर्दै अर्लोन्डो पुलिसले उपचारको क्रममा मृत्यु भएको ट्विट गरेको छ ।
प्रकाशितः २०७३ जेठ २९

वि.सं.२०७३ जेठ २९ शनिवार १४:४० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...