back
NMB ad

पूर्व राष्ट्रपतिलाई कारावास, सहयोगीलाई मृत्युदण्ड !

Kumari bank ad

एजिप्ट । यहाँको एक अदालतले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई हिजो शनिबार आजीवन काराबासको सजाय सुनाएको छ । त्यस्तै मोर्सीका छ जना सहयोगीलाई मृत्युदण्ड दिने फैसला सुनाइएको छ ।

इजिप्टका गोप्य कागजात कतारलाई उपलब्ध गराएको भनी अदालतले मोर्सीमाथि लागेको आरोपमा मोर्सीलाई निर्दोष देखिएको भनी फैसला दिएको भएपनि मोर्सीले गैरकानुनी सङ्ठनमार्फत इजिप्टको राष्ट्रियतामा आँच पुर्‍याएको अभियोगमा जन्मकैदको सजाय तोकेको मोर्सीका वकिल मोनेश्म अब्देल माकसाउण्डले एएफपीसँगको कुराकानीमा बताएका छन् ।

इजिप्टको सत्ताबाट हटाइएका पूर्वराष्ट्रपति मोर्सीमाथि राज्य सुरक्षासम्बन्धी महत्वपूर्ण गोप्य कागजात लुकाएको आरोपमा थप १५ वर्षको जेल सजाय तोकिएको पनि वकिल माकासाउण्डले बताए।

मोर्सी तथा मुस्लिम ब्रदर हुड आन्दोलनको मुख्य सहयोगी कतारलाई मोर्सीले राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य कागजात उपलब्ध गराई सत्तामा भएकाबेला देशद्रोही कार्य गरेको भनी लागेको आरोपमा सफाइ पाए पनि सन् २०१२ देखि सन् २०१३ जुलाइसम्म इजिप्टका अनुभवी तथा शक्तिशाली नेता होस्नी मुबारकविरुद्ध विद्रोह गरेको अभियोगमा जन्मकैदको फैसला इजिप्टको कानुनअनुसार इस्लामिक कानुनका आधिकारिक व्याख्याकार मुफ्ती कहाँ पठाइएको छ । मुफ्तीको निर्णय अदालतको निर्णयविरुद्ध आए पनि फैसला उल्टाउने बाध्यकारी व्यवस्था नभए पनि जन्मकैदको फैसला त्यहाँ पठाउने प्रावधान रहेको छ ।

मुफ्तीले फैसलाउपर व्याख्या गर्दै पुनर्विचार गर्न सल्लाह दिनसक्ने कानुनी प्रावधान रहेको छ । अभियोग लागेका सवैजनाले अदालतको निर्णयउपर पुनरावेदन गर्ने विकल्प खुला छ ।

५ असार २०७३,  ११।००

वि.सं.२०७३ असार ५ आइतवार १२:२३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...