back
NMB ad

करिब १० प्रतिशतले घट्यो नेपालको गरिबी, के हो त कारण ?

Kumari bank ad

काठमाण्डौं । विश्व बैंकले नेपालीहरुको जीवनस्तरमा आएको सुधारसँगै नेपालमा गरीबहरुको संख्या उल्लेख्य रुपमा घटेको तथ्यांक सार्वजनिक गरेको छ । विश्व बैंकले नेपालमा गरीबको संख्या २३।७ बाट झरेर १४।९ प्रतिशतमा आएको जनाएको छ ।

राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । पहिले गरीबको संख्या ६२ लाख ७९ हजार १९७ जना थियो । अहिले घटेर ३९ लाख ४७ हजार ६८१ जनामा सीमित भएको छ ।

रेमिटेन्सका कारण नेपालीहरुको जीवनस्तरमा आएको सुधारले गरीबी घटेको ठम्याइ विश्व बैंकको हो । विश्व बैंकले नेपालीले खर्च गर्ने क्षमताका आधारमा गरीबी घटेको जनाएको छ । विश्व बैंकले केही निश्चित खाद्य तथा उपभोगका बस्तुहरुलाई लिएर नेपालमा त्यो प्राप्त गर्न कति लाग्छ र अमेरिकामा कति लाग्छ भनेर तुलनात्मक अध्ययन गर्छ । त्यसैका आधारमा पर्चेजिङ पावर प्यारेटि ९पिपिपी० तयार हुन्छ । यसलाई आधार मानेर विश्व बैंकले पछिल्लो समय नेपालमा गरीबको संख्या ह्वात्तै घटेको तथ्यांक सार्वजनिक गरेको हो ।

नेपाल रेमिटेन्स भित्राउने विश्वकै तेस्रो स्थानमा छ । नेपालले कुल २९।२ प्रतिशत रेमिट्यान्स भित्राउँछ । नेपालमा करिव ६ खर्ब रुपैयाँ रेमिटेन्स भित्रिने गरेको छ ।

१३ असार २०७३, १०।००

वि.सं.२०७३ असार १३ सोमवार ११:२४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...