back
NMB ad

अस्थिरताले कृषि बैज्ञानिकहरु बिदेश पलायन : कृषिमन्त्री गजुरेल

Kumari bank ad

भक्तपुर । कृषिमन्त्री हरिबोल गजुरेलले नेपालमा राजनीतिक अस्थिरताको कारण कृषि बैज्ञानिकहरु बिदेश पलायन भएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले राजनीतिक अस्थिरताका कारण बैज्ञानिकहरु बिदेश पलायन भएको र राष्ट्रिय सहमतिको सरकार निमार्णसँगै अस्थिरता कमी हुने भन्दै देशलाई आवश्यक परेमा कृषि बैज्ञानिकहरु नेपाल मै काम गर्ने बताउनु भएको हो ।

बिदेशिन बाध्य भएका युवाहरुलाई स्वदेश मै कृषि क्षेत्रमा काम गरि जीवन जोहो गर्न सक्ने वातावरण तयार पार्न सरकार लागि परेको भन्दै कृषि क्षेत्रमा पेन्शनको समेत ब्यवस्था गरिएको मन्त्री गजुरेलले बताउनु भयो ।

छिट्टै राष्ट्रिय सहमतिको सरकारको निर्माण हुने भन्दै मन्त्री गजुरेलले जसको नेतृत्वमा भए पनि राष्ट्रिय सरकार अपरिहार्य भएको उहाँले बताउनु भयो ।

पुनर्निर्माणको सवालमा सरकारले ढिला सुस्ती गरेको स्विकार गर्दै उहाँले राजनीतिक दलहरुको साझा अवधारण बनाउने भन्दा पनि प्राधिकरणमा राजनीतिक भर्ती गरेकै कारण काममा ढिला सुस्ती भएको टिप्पणी गर्नु भयो । वर्तमान सरकारकै संरक्षणमा कालो बजारी भएको भन्दा पनि राजनीतिक दलहरुको संरक्षण कै कारण कालो बजारी मौलाएको उहाँको दाबी छ ।

सरकारले तोकेको समयमा निर्वाचन गर्ने वातावरण तयार भई नसकेको भन्दै उहाँले मधेश आन्दोलनको जायज माग सम्बोधन गरि तोकेकै समयमा निर्वाचन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

१४ असार २०७३, १.००

वि.सं.२०७३ असार १४ मंगलवार १३:०४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...