back
NMB ad

मेरो माइक्रोफाइनान्सले फेरि ल्यायो २० लाख कित्ता सेयर, सोमबारदेखि कारोबार हुने !

Kumari bank ad

काठमाण्डौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सोमबारबाट नेप्सेमा कारोबार खुल्ने भएको छ । आउँदो सोमबार माइक्रोफाइनान्सले प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर सूचीकरण गरेको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ वमोजिम सम्बन्धित कम्पनी र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बिच सेयर सूचीकरण हुनुपर्ने र त्यसको सार्वजनिक सूचना प्रकाशित मितिले ७ दिन पश्चात् विधिवत रुपमा नेपाल स्टक एक्सचेन्जबाट सेयर ईजाजत प्राप्त सदस्य दलालहरू मार्फत नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने व्यवस्था छ।

तर अहिले न्यूनतम् दश प्रतिशत सेयर डिम्याट भएको अवस्थामा मात्र अर्को सातादेखि कारोबार खुल्ने छ । यसकारण कम्पनीको सेयर रजिष्टार ग्लोबल आइएमई क्यापिटलले अहिले सेयर डिम्याट गर्ने काम गरिरहेको । क्यापिटलले सेयर डिम्याट नगराएका लगानीकर्तालाई डिम्याट गराउन आग्रह समेत गरेको छ ।

कम्पनीले ५ लाख ५६ हजार ९२० कित्ता सर्वसाधारण, कम्पनीमा कार्यरत कर्मचारीहरूलाई २४ हजार ४ सय ८० कित्ता तथा सामूहिक लगानी कोषहरुलाई ३० हजार कित्ता तथा कम्पनीका संस्थापकहरूले लगानी गरेको १३ लाख ८८ हजार कित्ता समेत गरी २० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण गरेको हो । कम्पनीले गत फागुनमा ६ लाख १२ हजार कित्ता साधारण सेयर बिक्री गरेको थियो ।
१७ असार २०७३, ११।००

वि.सं.२०७३ असार १७ शुक्रवार १२:४० मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...