back
NMB ad

राष्ट्रपतिले मुसा र फट्यांग्रा खान भनेपछि जनता आक्रोसित

Kumari bank ad

यो दुनियामा यस्ता राष्ट्रपति पनि हुँदा रहेछन् जसले खान नपाएर भोकाएका जनतालाई मुसा र फट्यांग्रा खाएर पेट भर्न आदेश दिएका छन् ।

अफ्रिकी देश मलावीका राष्ट्रपति अहिले यहीँ कुराले तिव्र विवादमा तानिएका छन् । देशमा व्याप्त खाद्य संकटका बेला उनले जनतालाई मुसा र फट्यांग्रा खान अपिल गरेका थिए ।

हालैको एक र्यालीमा सम्बोधन गर्दै राष्ट्रपति पिटर मुठारिकाले खाद्य संकट समाधानका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताउँदै भने,  सरकारले यति गर्दा पनि किन मानिसहरु भोकमरीले मरिरहेका छन् रु हामीसँग खानका लागि धेरै चिज छन् । हामीले मुसा, फट्यांग्रा तथा क्यासाभा पनि खानुपर्छ ।

राष्ट्रपतिको यो भनाईप्रति सर्वसाधारण तथा मानवअधिकारवादीले तिव्र आलोचना व्यक्त गरेका छन् । सोसल मिडियामा राष्ट्रपतिको तिव्र आलोचना गर्दै उनी क्रुर तथा संवेदनाहीन भएको आरोप लगाइएको छ । कतिपयले राष्ट्रपतिलाई नै मुसा खाने काम सुरु गर्न सुझाव दिएका छन् ।

राष्ट्रपतिको भनाईपछि सत्तारुढ दलको झण्डालाई पनि बंग्याएर सोसल मिडियामा भाइरल बनाइएको छ । झण्डामा रहेका तिनवटा मकैका घोँगाको ठाउँमा मुसा र फट्यांग्रा राखेर तस्वीर तयार पारेर इन्टरनेटमा खिसिट्युरी गरिएको छ ।

प्रकाशितः २०७३ असार १८

वि.सं.२०७३ असार १८ शनिवार १२:०१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...