back
NMB ad

माओवादी नेतृत्वलाई सरकार छाड्न दबाब

Kumari bank ad

काठमाडौं । अधिकांश हेडक्वार्टर सदस्यले वर्तमान सरकार छाड्ने मनस्थिति बनाएका बेला मंगलबारबाट सुरु भएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा सहभागीले सरकारबाट बाहिरिन थप जोड दिएका छन् ।

१० वटा कम्युनिस्ट घटक मिलेर बनेको केन्द्रका दुई सय ५५ पोलिटब्युरो सदस्यमध्ये अधिकांश एमाले नेतृत्वको सरकारबाट बाहिरिने पक्षमा रहेको हेडक्वार्टर सदस्य मणि थापाले जानकारी दिए ।

बैठक सुरु भएको पहिलो दिन सात वटा प्रदेश र प्रवास समितिका इन्चार्ज र ती समिति अन्तर्गतका सदस्यले आआफ्ना प्रदेशका रिपोर्टिङ गरेका थिए । रिपोर्टिङका क्रममा कतिपय नेताहरुले सत्ता साझेदार रहँदा पनि माओवादी कार्यकर्तालाई राज्यका निकायबाट फरक व्यवहार भइरहेको, एमालेले हेपाहापूर्ण व्यवहार गरेको गुनासो गरेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश नम्बर २ का विश्वनाथ साह र रामचन्द्र मण्डलले गृहमन्त्री शक्तिबहादुर बस्नेतको नामै किटान गरी प्रहरी प्रशासनले माओवादी कार्यकर्तालाई धरपकड गर्दा कुनै पनि सहयोग गर्न नसकेको भन्दै विरोध गरेका थिए ।
‘आफ्नो कार्यकर्ताको सुरक्षा गर्न नसक्ने सरकारमा बसिरहनु कुनै जरुरी छैन । सरकारबाट जतिसक्दो चाँडो बाहिरिनुपर्छ,’ साहले भने । नागरिक दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ असार २२

वि.सं.२०७३ असार २२ बुधवार १०:५४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...