back
NMB ad

बायुसेवा निगमले एउटा जहाज बेच्ने

Kumari bank ad

काठमाण्डौं । राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमले एउटा बोइङ बेच्ने निर्णय गरेको छ।

निगमका महाप्रवन्धक सुगतरत्न कांसाकारले निगमले अन्तर्राष्ट्रिय उडानको एक सय ९० सिट क्षमताको बोइङ ९५७ एसीए जहाज बिक्री गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार जहाज बिक्री गर्ने व्यवस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले स्वीकृत दिइसकेको खबर आजको अन्नपूर्णमा छापिएको छ।

बारम्बार समस्या आइरहेको र मर्मतमा भएको अधिक खर्च धान्ने नसक्ने निष्कर्ष निकाल्दै जहाजको बिक्री गर्ने निर्णय गरिएको हो ।

निगम व्यवस्थापनले इन्जिन मर्मतका लागि सिंगापुर लगिएको यो जहाज अधिक खर्च गरेर मर्मत गर्नुको विकल्पमा बिक्री गर्नु नै ठीक हुने प्रस्ताव अगाडि सारेको छ ।

सोही प्रस्तावलाई सञ्चालक समितिले सैद्धान्तिक सहमति दिएको कंसाकारले जानकारी दिए । निगमको एउटा बोइङ जहाज बिक्री गर्ने सैद्धान्तिक निर्णयलाई आवशयक प्रक्रियामा लैजान भने बाँकी रहेको कंसाकारले भनाइ छ ।

निगमले करिब तीन दशकदेखि नियमित सञ्चालन गरिरहेको दुईवटा बोइङ मध्ये एउटा एसीबी भने नियमित उडानमै छ ।

एउटा बोइङ र दुईवटा एयरबस सञ्चालन गर्दे आगमी १८ महिनाभित्रमा नै अर्को दुईवटा वाइडवडी जहाज खरिदज गरिसक्ने योजनालाई प्राथमिकता दिएर निगमले एउटा बोइङ बिक्री गर्ने निर्णय गरेको छ ।

प्रकाशितः २०७३ असार २६

वि.सं.२०७३ असार २६ आइतवार १०:१३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...