back
NMB ad

२ लाख ६० हजार खर्च गरेर बनाइयो परेवालाई घर !

Kumari bank ad

बागलुङ । बागलुङ कालिका मन्दिरको झ्याल, बुइँगल र छानामा रात काट्ने परेवा सुरक्षित बासमा सरेका छन् । परेवाको बध रोकेको मन्दिरले रु दुई लाख ६० हजारको लागतमा एकैसाथ ५५० जोडी परेवा अट्ने सुरक्षित घर ९गन्ज० निर्माण गरिएको छ ।

गुठी व्यवस्थापन समितिका अनुसार सो संरचना बनाउन पशुसेवा कार्यालय बागलुङले रु दुई लाख सहयोग गरेको थियो भने गुठीको आन्तरिक कोषबाट रु ६० हजार खर्च भएको छ ।

आगामी दसैँसम्ममा थप ५५० जोडी परेवाका लागि स्थायी बास निर्माण गरिने समितिले जनाएको छ । सुरक्षित बासस्थानको अभावमा परेवा मन्दिर परिसरमा अलपत्र अवस्थामा देखिने गरेका थिए । गुँड नपाएर परेवा बिरामी हुने, बाहिरी जीवजन्तुको सिकार बन्ने र मन्दिरको छाना फोहोर हुने जस्ता समस्या हटेको छ ।

गुँडमै चारो–पानीका लागि समितिले यथोचित व्यवस्था मिलाएको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा भक्तजनले मन्दिरमा परेवा उडाउने गरेका छन् ।

पछिल्लो समय गाउँघरमा परेवा पाल्ने चलन कम हुँदै गएको बेला मन्दिरले परेवा संरक्षणको काम अघि बढाएको छ ।

२ साउन २०७३, ९।००

वि.सं.२०७३ साउन २ आइतवार १२:३८ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...