back
NMB ad

यसपालीको बजेटले सोच्न नसकेको विषय के–के हो ?

Kumari bank ad

डा. चन्द्रमणि अधिकारी, अर्थविद्

काठमाडौ । आर्थिक वर्ष २०७३/७४ को बजेट संसदबाट पास हुन सकेको छैन । संबिधानत आर्थिक वर्ष प्रारम्भ हुनुभन्दा डेढ महिना अगावै बजेट ल्याएर नयाँ आर्थिक वर्ष प्रारम्भ हुनु अगावै पास गर्ने भनिएतापनि त्यसो हुन सकेको छैन ।

आर्थिक क्षेत्रका विज्ञहरु र राजनीतिज्ञहरुले बजेटलाई सकारात्मक र नकारात्मक दुवै कोणले व्याख्या/विश्लेषण गरेको पाईन्छ । कम्युनिष्ट पार्टी र नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले पपुलिष्ट, महत्वकाँक्षी बजेट ल्यायो भन्नेको कमी छैन यहाँ । बजेटको अंक धेरै बढ्यो भनेर त्यसको आलोचना पनि उत्तिकै भईरहेको छ । सरकार र अर्थमन्त्री लगायतले उत्कृष्ट बजेट ल्याएको दाबी गरेका छन् । तापनि बजेटले २ वटा विषयमा विचार पुर्याउनै सकेन । कर्मचारीतन्त्रले पनि घुमाए ।

यो विष्लेषण अर्थविद् डा चन्द्रमणि अधिकारीको हो । उनी भन्छन्, ʽबजेटले २ वटा कुरा सोच्नै सकेन । पहिलो त मूल्य वृद्धि कुनै पनि हालतमा साँढे ७ प्रतिशतमा बस्नै सक्दैन ।ʼ

मूल्यवृद्धि किन साँढे सात प्रतिशतमा रहन सक्दैन ?

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७२/७३ को ११ महिनाको तथ्याँकअनुसार मूल्यवृद्धि ११ प्रतिशत माथि छ । यता राष्ट्रिय लेखा भन्दा बाहिर ठूलो कारोबार हुन्छ, त्यसले पनि मुद्रास्फिति(मूल्यवृद्धि) लाई तोकेको सिमामा राख्न सकिंदैन । डलरको मूल्य माथि गएको छ, तलब बढाएका छौं, त्यसले नीजि क्षेत्रलाई पनि प्रभाव पार्छ । ज्याला बढ्छ, ढुवानी बढ्ने र डलरको भाउ बढ्ने, सबै बढ्ने भएपछि मूल्यवृद्धि तोकिएको साँढे ७ प्रतिशतको सिमामा बस्नै सक्दैन ।

बजेट विनियोजनमा राजनीति, राजश्वमा कर्मचारी हावी

दोस्रो कुरा बजेट विनियोजन पक्षमा राजनीति हाबी भयो, राजश्वमा कर्मचारी हावी भयो । अधिकारी भन्छन्, ʽकर्मचारीले आफुलाई सजिलो बनाउन लक्ष्य कम राख्न खोज्छ । आफुलाई काममा कम दबाब परोस् भनेर राख्न खोज्छ । यसपालीको बजेटले ५ सय ६५ अर्ब राजश्व उठाउने लक्ष्यलाई धेरै राखेको भनेको छ ।ʼ

तर अधिकारी यसलाई मान्दैनन् । उनी भन्छन्, ʽयो लक्ष्य कम राखियो । यसपालीको राजश्व लक्ष्य ६ सय खर्ब राख्नुपर्ने थियो ।ʼ

डा.अधिकारीको भनाईलाई मान्ने हो भने, आर्थिक वर्ष २०७२/७३ को वर्षको अन्त्य सम्मको तथ्याँकलाई जोड्दा ४ सय ९० अर्ब राजश्व उठ्नेछ । चालु आ.व.मा यसको २० प्रतिशत बढ्ने हो भने ९८ अर्ब बढ्दछ । ४ सय ९० अर्बमा ९८ थप्दा ५ सय ८८ अर्ब हुन्छ । नयाँ खालका उपाय अपनाएर ६ सय अर्ब राखेको भए कर्मचारीमा पनि दबाब पर्दथ्यो । राजश्व राम्ररी उठाउँथे ।
अधिकारी भन्छन्, ʽयो कर्मचारीले घटाएका हुन्, त्यो मलाई थाहा छ, मैले अघिल्लो साल ५ सय २२ अर्ब राख्न लागेको थिए । उनीहरुले धेरै कराएर ५ सय १२ मा झारेको हो । भूकम्प आएपछि सकिन्न भनेर ४ सय ७५ अर्बमा झारिएको थियो । कर्मचारी मान्दै मान्दैन । मैले त यो यो ठाउँ छ भनेर देखाए । त्यो दिन उनीहरु आफ्नो ठाउँबाट उठेर हिंडे । भोलिपल्ट बल्ल ५ सय १२ राखिएको थियो । तर भूकम्पले गर्दा तलै झारियो ।ʼ

वित्तिय नीतिलाई मौद्रिक नीतिले टेरेन, वर्तमान सरकार ढल्न लाग्यो भनेर नटेरेको भन्ने हल्ला छ नि ! जस्तो शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिने कुरालाई मौद्रिक नीतिले वास्तै गरेन भनिन्छ नि ?

बजेटले भनेपछि उपकरणमा मौद्रिक नीतिले राख्नै पर्दथ्यो । यो ( शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण) काम त बैंक मार्फत नै गर्ने हो । वित्तिय प्रणाली बाटै गर्ने हो । दुईवटा कुरा त्यो तपाईले भन्या जस्तो( वर्तमान सरकार ढल्न लाग्यो भनेर) पनि होला र अर्काे कुरा बैंकहरुले यो धितो राखेर हामी दिन सक्दैनौं भने.., तर सरकारले जोखिम म बेहोर्छु भनेर पनि भन्न सकेन । बैंकहरुले त्यो दिएको पैसा उठ्ने ग्यारेन्टी त खोज्छ । बैंकर्स एसोसियसनले त्यो गर्नै सक्दैन भनेर पटक पटक भनेको छ । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले यो कसरी अगाडि बढाउने भनेर खोज्नु पर्दथ्यो । कंहि न कहिं त्रुटी छ, बुझाईमा नै समस्या छ ।

साँढे ६ प्रतिशतको आर्थिक वृद्धि गर्न सकिन्छ

आर्थिक वृद्धि राम्रो हुन मौसम राम्रो, जुन वर्ष राजीनतिक हिसाबले कम चलखेल हुन्छ त्यो वर्षको आर्थिक वृद्धि राम्रै हुन्छ । ३ सय ११ अर्बको चालु पुँजी र नीजि क्षेत्रका लागि भनेर ल्याएको नन फण्डिङ पोलिसिहरु त्यो कुरा कार्यान्वयन हुने हो भने र मौसम अनुकुल हुने हो भने बजेटले लक्ष्य लिएको साँढे ६ प्रतिशतको वृद्धि हुन्छ ।

(अर्थविद् डा. अधिकारी सँग अर्थतन्त्रका लागि हरिशरण न्यौपानेले गरेको कुराकानीको संपादित अंशः )

प्रकाशित मिति ः २०७३ साउन २

वि.सं.२०७३ साउन २ आइतवार १६:१३ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...