काठमाडौं । राधि विद्युत् कम्पनीले १० करोड रुपैयाँको शेयर जारी गर्दै छ । ४ लाख १० हजार कित्ता शेयर स्थानीय प्रभावीत बासिन्दाका लागि र ६ लाख १५ हजार कित्ता शेयर सर्वसाधरणको लागि जारी गर्ने भएको हो ।
कम्पनीको शेयरलाई ईक्रा नेपालले ग्रेड ४ को रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औषत रहेको संकेत गर्दछ । कम्पनीले आईपिओ जारी गरेर उठाउने पैसा यस सम्वन्ध अन्य नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको हो । कम्पनीले १० दशमलव ३ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र ११ मेगावाटको खारे हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा लगानी गर्ने भएको हो ।
हाल लम्जुङ जिल्लाको राधी खोलामा संचालन रहेको आयोजनाबाट ४ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भईरहेको छ । ७० प्रतिशत कर्जा र ३० प्रतिशत शेयर लगानीबाट संचालन भएको यो आयोजनाको निर्माण लागत ६१ करोड ३० लाख रहेको छ ।
१८ करोड ६९ लाख लागत अनुमान गरिएको दोर्दी १ आयोजना ७५ प्रतिशत कर्जा र २५ प्रतिशत शेयर लगानीबाट निर्माण गरिने योजना रहेको छ । त्यस्तै १८ करोड ७० लाख लागत अनुमान गरिएको खारे आयोजना ७० प्रतिशत कर्जा र ३० प्रतिशत शेयर लगानीबाट निर्माण गरिने भएको हो ।
प्रकाशितः २०७३ साउन ३
वि.सं.२०७३ साउन ३ सोमवार १३:११ मा प्रकाशित