back
NMB ad

दुई बैंकले ल्याउँदैछन् दुई करोड पाँच लाख बराबरको सेयर, धितोपत्र बोर्डले दियो अनुमति !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले प्राइम कमर्सियल बैंकलाई तीन बराबर एक ९३ः१०का दरले र सेञ्चुरी कमर्सियल बैंकलाई ३० प्रतिशतका दरले हकप्रद निस्कासनको अनुमति दिएकोछ । बैंक स्रोतले जनाए अनुसार यी दूई बैंकले केही समयमै हकप्रद जारी गर्ने छन् ।

प्राईमले एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद सेयर जारी गर्नेछ । बैंकको हाल चुक्तापुँजी तीन अर्ब ७० करोड रुपैयाँ छ । हकप्रद जारी गरेपछि यस्तो चुक्तापुँजी चार अर्ब ९४ करोड रुपैयाँ पुग्छ ।

त्यस्तै, सेञ्चुरी कमर्सियल बैंकले ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद पश्चात बैंकको चुक्तापूँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । हाल सेञ्चुरी बैंकको २ अर्ब ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ ।

नेपाल राष्ट्र बैंकले २०७४ साल असार मसान्त सम्म बाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ बनाउनु पर्ने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार बैंक तथा वित्तीय सस्थाहरु अहिले धमाधम पुँजी बृद्धिको अभियानमा छन् ।

७ साउन २०७३, १०.००

वि.सं.२०७३ साउन ७ शुक्रवार ११:२० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...