काठमाण्डौं । आज बसेको मन्त्रिपरिषदको बैठकले वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा जग्गा प्राप्तीका लागि स्वीकृति दिएको छ । यो स्वीकृतिसँगै ६ सय रोपनी जग्गामा १ हजार शैयाको सुविधासम्पन्न नयाँ भवनमा वीर अस्पताल सर्ने भएकोछ ।
वीर अस्पताल अहिले महाबौद्धमा छ । अर्थमन्त्री विष्णु पौडेल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति गणेश गुरुङसहितको टोलीले हालै मात्र जग्गाको अवलोकन समेत गरेको थियो ।
६ साउन २०७३, २।००
वि.सं.२०७३ साउन ७ शुक्रवार १४:०० मा प्रकाशित