back
NMB ad

विश्वका ७३ मुलुकका आरोही नेपालको हिमालमा

Kumari bank ad

काठमाडौ । विश्वका ७३ मुलुकका नागरिकले नेपालको हिमालको आरोहण गर्ने गरेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको ‘नेपालको पर्यटन तथ्याङ्क २०१५’ मा नेपाल सहितका आरोहीले नेपालको प्राकृतिक सौन्दर्यमा रमाउने र हिमाली श्रृङ्खलाको आरोहण गरेका छन् ।

हिमाल आरोहणका लागि स्वीकृति लिनेमा भने नेपाली नागरिक धेरै छन् । तथ्याँकअनुसार नेपालका एक हजार २ सय ७४ जनाले हिमाल आरोहणको अनुमतिपत्र लिएका छन् ।

यस्तै संयुक्त राज्य अमेरिका २६०, स्वीजरल्याण्ड १४८, बेलायत २२९ जापान १६९, स्पेनका १४४, इटाली ८६, नर्वे ५३, दक्षिण कोरिया ४२ पोल्याण्ड ४३, रसियाका ३३ जना रहेका छन् । सर्विया, काजस्तान, केन्या, मौरिसस कुवेत, केर्ज रिपब्लिकका भने एक÷एक जनाले मात्रै त्यस्तो अनुमतिपत्र लिएका थिए । नेपालको हिमाल र पर्यटन क्षेत्रको व्यापक प्रचारप्रसार गर्ने हो भने संसारका अन्य मुलुकका हजारौँ पर्यटक नेपाल भित्रयाउन सकिने पनि सो तथ्याङ्कले निर्दिष्ट गरेको छ ।

हिमाल आरोहणको अनुमति लिनेमा दक्षिण अमेरिकी राष्ट्र पेरुका पाँच जना छन् भने मलेसियाका १२ जना रहेको छन् । कुल तीन हजार ९ सय ९१ जना स्वदेशी तथा विदेशी नागरिकले अनुमतिपत्र लिएको भए पनि ‘गोरखा भूकम्प’ र भारतको अघोषित नाकाबन्दी लगायत कारणले भने आरोहण गर्नेको सङ्ख्या भने ८२५ जना मात्रै रहेको पाइएको छ । त्यसमा पुरुष ६८५ जना पुरुष छन् भने १४० जना महिला रहेका छन् ।

आठ हजार मि भन्दा अग्ला हिमालदेखि समान्य हिमश्रृङ्खलासम्मको आरोहणका लागि अनुमतिपत्र लिएको सो तथ्याङ्कले देखाएको छ । साना ठूला ७७ वटा हिमाल आरोहण गर्ने गरी अनुमति लिएको भए पनि प्रमुख आर्कषण भने खुम्बु हिमश्रृङ्खला, अन्नपूर्ण, धौवलागिरि, लाङ्टाङलगायत हिमाल नै प्रमुख गन्तव्यका रुपमा रहेका छन् ।

सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर र आठ हजार मिटर माथिका हिमाल आरोहणका लागि प्रतिव्यक्ति एक हजार ८ सय अमेरिकी डलर तिर्नुपर्छ ।

पर्यटन विभागका अनुसार नेपालमा पाँच हजारभन्दा बढी अग्ला आठ हजार ८४८ मिटरसम्मका कम्तीमा एक हजार ३१० वटा हिमचुचुराको पहिचान भएको छ । हालसम्म २२९ वटा हिमालमा मानव पाइला पुगिसकेका छन् । एक सय ८५ वटा हिमालमा अझै मानव पाइला पुगेको छैन ।

प्रकाशित मिति ः २०७३ साउन ८

वि.सं.२०७३ साउन ८ शनिवार २०:४३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...