काठमाण्डौं । सगरमाथा फाइनान्सले २९ लाख ५४ हजार ३९० कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएकोछ । कम्पनीले १० सेयर हुनेलाई आठका दरले हकप्रद सेयर दिने भएको छ ।
फाइनान्सले सेयर निस्कासनका लागि एनआइबिएल क्यापिटललाई निस्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । फाइनान्सले गत असार मसान्तसम्म २१ करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । कम्पनीले तीन अर्ब १० करोड निक्षेप र दुई अर्ब ६० करोड कर्जा लगानी गरेको छ ।
प्रकाशितः २०७३ साउन १०
वि.सं.२०७३ साउन १० सोमवार १०:११ मा प्रकाशित