back
NMB ad

कोसी ब्यारेज भत्काइदिने आईएसको चेतावनी

Kumari bank ad

काठमाण्डौं । इस्लामिक अतिवादी संगठन (आईएस) ले कोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भारतीय दाबीपछि सुनसरी र सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कारोबार दैनिकमा समाचार छ।

मुस्लिम अतिवादी संगठनहरु लस्करे तोइबा, मुजाहिद्दिन र जेएसए मोहम्मद समूहले सप्तकोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भन्दै सोमबार बिहारस्थित सुपौलका डिष्ट्रिक्ट मजिस्टेड बैधनाथ यादवले सुनसरी, मोरङ र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी सुरक्षा सावधानी अपनाउन माग गरेका छन्।

नेपालमा सरकार परिवर्तनको प्रक्रिया चलिरहेका बेला भारतीय पक्षबाट अतिसंवेदनशील क्षेत्रसँग सम्बन्धित विषयमा आकस्मिक चासो देखाउनुलाई जानकारहरुलाई सन्देहास्पद गतिविधि भनेका छन्।

भारतीय पक्षको आग्रहपछि तीनवटै जिल्ला प्रशासन कार्यालयले सीमा तथा ब्यारेज आसपासको सुरक्षा नेपाल प्रहरी र सशस्त्र प्रहरीलार्इ तैनाथ गराएका छन्।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइँले कोसी ब्यारेज क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त क्याम्प राखेर सवारी र पैदलयात्रीमा निगरानी बढाएको बताए। कारोबार दैनिकमा समाचार छ।
 प्रकाशितः २०७३ साउन ११

वि.सं.२०७३ साउन ११ मंगलवार १०:०९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...