back
NMB ad

अब विदेशमा घरेलु कामदारको न्यूनतम तलब ३० हजार

Kumari bank ad

काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीमा जाने घरेलु कामदारको न्यूनतम तलब तीन सय अमेरिकी डलर हुनैपर्ने व्यवस्था गरेको छ । विशेषगरी खाडी मुलुकमा नेपाली महिला घरेलु कामदारका रूपमा जाने प्रवृत्ति अधिक छ । झन्डै दुई वर्षयता भने औपचारिक तबरबाट घरेलु कामदार पठाउन बन्द गरिएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले न्यूनतम तीन सय अमेरिकी डलर तलब हुनुपर्नेहितका थप महत्वपूर्ण व्यवस्थासहित घरेलु कामदार पठाउन खुला गर्ने तयारी गरेको हो । यस आधारमा अब जाने प्रत्येक कामदारले थोरैमा पनि मासिक ३० हजार रुपैयाँ तलब पाउनेछन् । एक अमेरिकी डलरको हिसाब एक सय राख्दा पनि ३० हजार हुन्छ । तर अहिले अमेरिकी डलरको भाउ बजारमा एक सय सात रुपैयाँ हाराहारीमा छ ।

घरेलु कामदारका रूपमा गएका नेपाली महिलाले काम अनुसार तलब सुविधा नपाएको व्यापक गुनासो आएपछि न्यूनतम तलब निर्धारण गरिएको हो । काम धेरै लगाउने तर त्यस अनुपातमा तलबसुविधा अत्यन्त न्यून दिने प्रवृत्ति निराकरण गर्न तलब तोक्नुपरेको श्रम तथा रोजगार मन्त्रालयका अधिकारीको भनाई छ ।

यसैगरी, घरेलु कामदारलाई आठ घन्टाभन्दा बढी काम लगाउन नपाइने, थप काम लगाएमा ओभरटाइम दिनुपर्ने व्यवस्थासमेत गरिएको छ । सरकारले म्यानपावर कम्पनीमार्फत मात्र घरेलु कामदार पठाउन पाउने नयाँ नियम बनाएको हो । यसअघि व्यक्तिगत तवरबाट महिला कामदारलाई वैदेशिक रोजगारीमा पठाउने गरिएको थियो ।आजको अन्नपूर्णमा खबर छापिएको छ।

प्रकाशितः २०७३ साउन १६

वि.सं.२०७३ साउन १६ आइतवार १०:०० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...