back
NMB ad

सेयर बेचेको पैसा तीन दिनमा पाउनुभएन ? ५०००१०२ मा भन्नुहोस्

Kumari bank ad

काठमाडौं । तपाईले आफ्नो सेयर बेचेको तीन दिनभित्र त्यसको भुक्तानी पाउनुभएको छैन रु यदि छैन भने तपाईले पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको हटलाइन नम्बरमा फोन गरेर उजुरी दिन सक्नुहुने छ ।

‘टी प्लस थ्री’ अर्थात् व्यापार भएको तेस्रो दिनसम्ममा भुक्तानी नपाएको भन्ने गुनासो आएपछि त्यसको सुनुवाई गर्न बोर्डले हटलाइन सेवा सुरु गरेको हो ।

अब कुनै पनि सेयर बिक्रीकर्ताले सेयर बेचेको तेस्रो दिनमा भुक्तानी नपाए बोर्डको हलाइन नम्बर ५०००१०२ मा फोन गरेर उजुरी दिन सक्नेछन् ।

धितोपत्र बोर्डले सेयर कारोबारलाई पूर्णरुपमा डिम्याट (विद्युतीय अर्थात अभौतिक) बनाइसकेको छ । पूर्णरुपमा डिम्याट भएपछि सेयर कारोबारको राफसाफ ३ दिनभित्रै हुनुपर्ने व्यवस्था छ । अभौतिक कारोबार हुँदा सेयर बेचेको पैसा भुक्तानी लिन महिनौं लाग्थ्यो ।

‘सामान्यतया ब्रोकरले नै भुक्तानीमा ढिालाइ गर्ने गरेका छन्, कहिलेकाहीँ लगानीकर्ताले पनि ढिलाइ गरेको हुन्छ,’ बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘ढिलो गर्नेलाई पहिलो  चरणमा सचेत गराउँछौ । सचेत गर्दा नमान्नेलाई सस्पेन्स गर्छौं र जरिवाना तिराउँछौं ।’

प्रकाशितः २०७३ साउन १६

वि.सं.२०७३ साउन १६ आइतवार १०:२९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...