back
NMB ad

पशुपतिको मोटरबाटो बन्द गर !

Kumari bank ad

काठमाडौ। व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बीचबाट गुह्येश्वरी मन्दिरतिर जाने मोटर बाटो बन्द गरेर पैदलमार्ग मात्र कायम गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतबारको बैठकले धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले महत्वपूर्णस्थलको संरक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र सो अन्तर्गतका सरोकार भएका निकायलाई निर्देशन दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक केन्द्र (युनेस्को) ले सो बाटो बन्द नगरे पशुपति क्षेत्रलाई विश्व सम्पदास्थलको कालो सूचीमा राख्ने तयारी गरेकाले छिटो बन्द गर्न बैठकमा सहभागी सांसदहरुले माग गरेका थिए ।

बैठकमा संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलले पशुपति, लुम्बिनी र जनकपुर क्षेत्रको विकासका लागि विस्तृत योजना ल्याउने तयारी भइरहेको जानकारी गराएका थिए । “पशुपति क्षेत्र अन्तर्गत ६४ महादेव मन्दिर (शिव लिङ्ग) पर्छन्, यी सबै मन्दिरलाई पशुपति परिक्रमा (सर्किट) का रुपमा विकास गर्न सके धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ, पशुपतिलाई जीवित तीर्थस्थलका रुपमा विकास गरिनुपर्छ”–उनले भने ।
पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले धार्मिक, सांस्कृतिक मठ मन्दिरमा धेरै समिति हुनाले विकास निर्माणमा समस्या आएको बताए । “पशुपति, लुम्बिनी र जनकपुर लगायतका सम्पदा स्थललाई उत्तिकै महत्व दिने नीति छ”–उनले भने ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टन्डनले भूकम्पपछि पुनःनिर्माणमा पशुपति क्षेत्रलाई ५० करोड रुपैंया आवश्यक भएको बताए । उनले भने, “गत आर्थिक वर्षमा पशुपतिका सम्पदाको पुनःनिर्माणमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सात करोड रुपैंया दिने भनेकामा बजेट नै आएन”

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले लुम्बिनी क्षेत्रलाई व्यवस्थित बनाउने गुरुयोजना अनुसार काम भइरहेको बताए । “लुम्बिनीमा चढाइने भेटीघाटी व्यवस्थित बनाइएको छ, लुम्बिनीलाई शान्ति नगरका रुपमा स्थापित गरिँदैछ” उनले भने ।
बृहत्तर जनकपुर विकास परिषद्का कार्यकारी निर्देशक उमेश यादवले जनकपुर छायामा परेकाले राष्ट्रिय गौरवको आयोजना बनाई विकास गरिनुपर्ने बताए । “जनकपुरका संरक्षित क्षेत्रको संरक्षण हुन नसक्दा चार सरोवर लुप्त भएका छन्, जनकपुरलाई पनि विश्व सम्पदा सूचीमा राखी यसको विकास गरिनुपर्छ”–उनले भने ।
नेकपा (एमाले) का नेता माधवकुमार नेपालले धार्मिक पर्यटन प्रवद्र्धनका लागि पशुपति, लुम्बिनी र जनकपुर लगायत धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले समेत महत्वपूर्णस्थलको विकासमा सरकारको ध्यान जानुपर्ने बताएका थिए ।
समितिका सभापति प्रभु साहले पशुपति, लुम्बिनी, जनकपुर लगायत सम्पदास्थलमा गर्नुपर्ने सुधारका सम्बन्धमा यसअघि दिइएका निर्देशनका विषयमा भएका कामको प्रतिवेदन एक महिनाभित्र बुझाउन मन्त्रालयलाई निर्देशन दिएका छन् । “जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने सन्दर्भमा आवश्यक गृहकार्य गर्न संस्कृति मन्त्रालयलाई यो बैठकले निर्देश गर्दछ, गोकर्ण रिसोर्टको सेयर परिवर्तनका विषयमा आगामी बैठकमा ट्रस्ट र अन्य सरोकारवाला निकायलाई बोलाई थप छलफल गरिनेछ” उनले भने ।

गोकर्ण रिसोर्टको सेयर

समिति बैठकमा गोकर्ण रिसोर्टको सेयर ‘एलएम सुविर ब्रदर्स’ (नेपाल) ले ‘यति होल्डिङ्सका नाममा हस्तान्तरण गरेका विषयमा पनि छलफल र्भएको थियो । छलफलमा नेपाल ट्रस्टको कार्यालयका कार्यकारी सचिव भीमप्रसाद उपाध्यायले ब्रदर्सले सेयर हस्तान्तरण ढिला भयो भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि पत्र प्राप्त भएको र प्रक्रिया अनुसार नै सेयर हस्तान्तरण भएको बताए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले विदेशी कम्पनी नेपालमा दर्ता भए पनि सेयर निस्काशन गर्ने अधिकार नहुने बताए । उक्त विषयमा थप छलफल गर्नुपर्ने भएकाले आगामी बैठकमा सरोकार निकायहरुलाई बोलाएर निष्कर्षमा पुगिने सो अवसरमा जानकारी गराइयो ।

प्रकाशित मिति ः २०७३ साउन १६

वि.सं.२०७३ साउन १६ आइतवार १९:११ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...