back
NMB ad

यस्तो छ सफल अनि धनि बन्ने सुत्र

Kumari bank ad

हामी सोच्छौं देश कमजोर छ, नेताहरू स्वार्थी छन्, तर हामी के छौं ? के हामी असल नागरिक बनेका छौं ? अरूलाई गाली गर्दा हामीले विचार गरेका छौं ? हामी सच्चा नागरिक भएर बाँचेका छौं ? यो लेख कसैलाई अर्ति उपदेश दिन लेखिएको होइन, तर यसलाई सकारात्मक रूपमा लिने हो भने यो हामी धनी र असल बन्ने खुराक बन्न सक्छ।

यी सूत्रको उपयोग गर्ने हो भने हामी देशलाई माथि उठाउँछौं, हामी धनी बन्न सक्छौं । धनको अर्थ पैसा मात्र होइन, धेरै थोक हो ।

१. हामी सबैभन्दा पहिले नेतालाई गाली गरेर आफ्नो बिहान प्रारम्भ गर्छौ, किनभने बिहानका पत्रपत्रिकाको समाचारले हामीलाई निराश बनाइसकेका हुन्छन् । देशको राजनैतिक घटनाक्रम नै यस्तो छ कि हामीले नकारात्मक कुरा नै सुन्न बाध्य हुनुपर्छ, तर एकैछिन विचार गरौं, सधैं राज्यलाई मात्र सरापेर, नेतालाई गाली गरेर हामी सकारात्मक हुन सक्छौ ? हामीले व्यक्तिगत, पेसागत, जातिगत र दलगत हकहितका बारेमा धेरै कुरा गरिसक्यौं, अब एकपल्ट राष्ट्रिय हितका बारेमा पनि सोचौं कि ?

२. विकसित मुलुकमा सबैभन्दा माथि राष्ट्र, त्यसपछि समाज र त्यसपछि व्यक्तिलाई महत्व दिइन्छ । हाम्रो देशमा भने व्यक्तिले सबैभन्दा पहिले आफ्नो हित सोच्छ, त्यसपछि आफ्नो परिवारलाई महत्व दिन्छ । त्यसपछि जातिको कुरा सो च्छ । त्यसपछि क्षेत्रलाई ध्यान दिन थाल्छ । उसको प्राथमिकतामा देश पुछारमा आउँछ । हामी जुन स्थानमा छौं, त्यहींबाट देशलाई पहिलो प्राथमिकतामा राखेर काम प्रारम्भ गर्ने प्रयास किन नगर्ने ?

३. हीन भावनाबाट नयाँ नेपाल बन्दैन । त्यसका लागि सबैभन्दा पहिले म जाबोले के गर्न सक्छु र रु भन्ने दरिद्र मानसिकता त्याग्नुपर्छ । म जुन स्थानमा छु, त्यही राम्रो गर्न सक्छु । अरूले के गर्छन् मलाई थाहा छैन, तर मचाहिँ यो काम आजैदेखि प्रारम्भ गर्छु भन्ने संकल्प लिनुपर्छ ।

४. आफूले जे देख्यो त्यही ठीक, आफूले जे सोच्यो त्यही जायज, आफ्नो चस्माले जे हेर्यो त्यही सत्य भन्ने एकतर्फी मानसिकता सभ्य समाजको सबैभन्दा ठूलो अवगुण हो । कुनै चीजको अवधारणा बनाउँदा आफ्नो आँखाबाट मात्र होइन, अरूको आँखाबाट पनि हेर्न सक्नुपर्छ । कसैको आलोचना गर्नुअघि अर्को दृष्टिकोणबाट पनि एकपटक सोच्ने प्रयास गरौं ।

५. जिन्दगी प्रतिस्पर्धाको अन्तहीन प्रक्रिया हो । जिन्दगीको हरेक मोडमा एकले अर्कासित प्रतिस्पर्धा नगरी सुखै छैन । यद्यपि प्रतिस्पर्धाको नाममा एकले अर्कालाई बिगारेर र अरूको टाउकोमा टेकेर आफू माथि उक्लनु तत्कालका लागि रमाइलो होला, तर त्यसले न त स्थायी प्रगति दिन्छ न त आत्मसन्तुष्टि नै ।

६. अरूले आफ्नो प्रशंसा गरेको सबैलाई मनपर्छ । त्यस भए तपाईंले पनि असल कामका लागि अरूको प्रशंसा गर्न किन कन्जुस्याइँ गर्ने ?

७. मानिसको दुःखको कारण नै अरूको ईष्र्या हो । कसैले मेहनत गरेर पैसा कमाएको छ भने ऊ इष्र्याको पात्र होइन, अनुकरणीय व्यक्ति हो । जो सुखी जीवन बिताउन चाहन्छ, उसले प्रगति गर्ने व्यक्तिको ईष्र्या होइन, प्रशंसा गर्न सिक्नुपछर् ।

८.राज्य भनेका हामी नै हौं । प्रहरी प्रशासन भनेको पनि हामी नै हौं । यदि हामीले यो कुरा बुझेर निम्न कर्तव्यहरू पालन गर्न सक्यौं भने समाज निकै व्यवस्थित हुन सक्छ ।

९.संयुक्त परिवार नै नेपालको पारिवारिक प्रणाली हो । किनभने नेपालीमा अहिलेसम्म ठूलालाई सम्मान गर्ने परिपाटी र सानालाई माया गर्ने संस्कार जीवित छ । एक(अर्कामा बिनास्वार्थ सहयोग गर्ने चलन पनि हामीले बचाएर राखेका छौ ं । यो विदेशीहरूका लागि अनुकरणीय संस्कार हो । यसलाई बचाउनु नेपालीपन बचाउनु हो ।

१०. मन नमिले पनि एकै स्थानमा बस्नुपर्छ भन्ने सोच पनि गलत हो । परिवारमा बेमेल आएको खण्डमा समझदारीपूर्वक अलग हुनु राम्रो हो । अंशबन्डा गर्दा सहज तरिकाले गोलाप्रथाद्वारा गर्नु सबैभन्दा राम्रो उपाय हो ।

११. मानिस पशु होइन । खुरुखुरु बच्चा जन्माउने तर उनीहरूको भविष्य नसोच्ने आमा-बुवा असल होइनन् । त्यसैले बच्चा पाउनुअघि नै उसका बारेमा कम्तीमा २० वर्षे योजना बनाउनुपर्छ । यसो गर्दा आफ्नो बच्चाले मलाई मान्नैपर्छ, उसले आफूले सोचेजस्तै सोच्नुपर्छ भन्ने हठ त्याग्नुपर्छ । यसो गर्दा थोरै बच्चा जन्माउने र उनीहरूलाई उचित संस्कार दिने कार्यमा सहजता हुन्छ ।

१२. श्रीमतीबाट सम्मान पाउन उनको माइतीलाई सम्मान दिनैपर्छ । जो आफ्नो ससुरालीलाई सम्मान गर्न सक्दैन, उसले आफ्नो परिवारका सदस्यलाई सम्मान गरोस् भन्ने मुर्ख आशा राख्नु हुँदैन । अर्कातर्फ कुनै पनि महिलाले घरका परिवारलाई सम्मान नदिई माइतीले मात्र सम्मान पाउनुपर्छ भन्ने कुरा पनि आफैंमा हास्यास्पद हो ।

१३. मानिसको जिन्दगीमा सबैभन्दा महत्वपूर्ण पक्ष शान्ति हो । शान्तिबिना मानिस सुखसँग बाँच्न सक्दैन । यद्यपि शान्ति आफैं आउँदैन, लगातार प्रयास गर्नुपर्छ । सबैभन्दा पहिले बालबालिकालाई हिंसाजन्य खेलौना, दृष्य एवं संवादबाट टाढा राख्नुपर्छ । घरमा आमा-बुवाबीच हुने शारीरिक एवं वाचिक हिंसाबाटै उनीहरूको मनमा अशान्ति पैदा हुन्छ । यस्तो व्यक्ति कहिलै शान्त हुन सक्दैन । आफ्ना सन्तानलाई जीवनभर शान्त देख्न चाहनुहुन्छ भने पहिले आफ्नो घर शान्त राख्नुपर्छ ।

१४. यदि परिवारलाई कामको बोझबाट मुक्त राख्न चाहने हो भने जुनसुकै काम समयमै गर्नुपर्छ । जुनबेला काम गर्न थालिन्छ, उत्साहका साथ त्यसको प्रारम्भ हुनुपर्छ । जसले घरको काम समयमा सक्छ, उसले बाहिरको काम पनि सजिलै फत्ते गर्छ ।

कर्ण शाक्य , प्रकाशितः २०७३ साउन १८

वि.सं.२०७३ साउन १८ मंगलवार १७:०० मा प्रकाशित

You can share this post!

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...