back
NMB ad

लोक सेवाद्वारा शाखा अधिकृतको परीक्षाफल प्रकाशित, हेर्नुहोस् नतिजा !

Kumari bank ad

काठमाण्डौं । लोक सेवा आयोगले शाखा अधिकृत पदका लागि लिइएका लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशाशन, लेखा परीक्षण, र व्यवस्थापिका संसद, परराष्ट्र, न्याय, न्यायकानुन र सरकारी वकिल, समूहका शाखा अधिकृतका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

अब लिखित परीक्षा पास भएका उम्मेदवारहरुले अन्तिम चरणको परीक्षाको सामना गर्नेछन् । आयोगले प्रशाशन, लेखा परीक्षण, र व्यवस्थापिका संसद समूहमा ९ सय ९३ जना शाखा अधिकृत माग गरेकोमा अन्तरवार्ता तथा सीप परीक्षणका लागि ५ सय ६८ जना उर्त्तीण भएका छन् ।

यसैगरी १ सय ४१ जना माग भएको न्याय, न्यायकानुन र सरकारी वकिल समूहका अन्तिम चरणको सीप परीक्षणका लागि ५३ जना मात्र छनौट भएका छन् । व्यवस्थापिका संसद समूहमा १ शाखा अधिकृतका लागि अन्तिम चरणमा ३ जनाको प्रतिस्पर्धा हुने भएको छ । परराष्ट्र समूहमा १६ जनाको पदमा २२ जना सीप परीक्षण र अन्तरवार्ताका लागि छनौट भएका छन् ।

न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद समूहका छनौटमा परेका ५ सय ९१ उम्मेदारको सूचना प्रविधि सीप परीक्षण भदौको ६, ८, ११, १२, १४, १६ र १७ गतेका लागि तोकिएको छ ।

२० साउन २०७३, १।००

वि.सं.२०७३ साउन २० बिहीवार १३:५३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...