काठमाण्डौं । साताको अन्तिम दिन शुक्रबार सुन ३ सय रुपैयाँले बढेर ५९ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ५९ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै ९ सय ५ रुपैयाँ प्रतितोला रहेको चाँदी ५ रुपैयाँले बढेर ९ सय १० रुपैयाँ पुगेको छ।
प्रकाशितः २०७३ साउन २१
वि.सं.२०७३ साउन २१ शुक्रवार १२:१९ मा प्रकाशित