back
NMB ad

सेयर बजार : साँढेको जुधाईँ बाच्छाको मिचाई नहोस् !

Kumari bank ad

पछिल्लो एक बर्षमा नेपाल स्टक एक्सचेञ्ज नेप्सेले ऐतिहासिक छलाङ मारेको छ । प्रविधिले मारेको फ्डको, बजार विकास र सुधारका लागि नियमनकारी निकायहरुले गरेको प्रयास र नेप्सेमा सूचिकृत कम्पनीहरुले गरेको प्रगतिले पनि पूँजीबजारमा आर्कषण थपिदै गएको छ । तर बेला मौकामा यहि बजारका लगानीकर्ता आफुले गर्दे नगरेको गल्तीको सजाय भोग्न बाध्य हुने गरेका छन् ।

धितोपत्रको कारोबारमा संलग्न अधिकांस धितोपत्र दलालहरुले लगानीकर्तालाई चित्त बुझ्दो सेवा दिइरहेका छन् भने लगानीकर्ताहरुलाई सुबिधा र शिक्षा दिएर सेयर बजारमा सुरक्षित लगानी गर्न सघाईरहेका छन् । तर कतिपय सेयर दलालहरुले आफुलाई प्रतिस्पर्धी र सक्षम बनाउन नसक्दा बेला मौकामा नियमनकारी निकायको कारबाहीमा पर्ने गरेका छन् । जसले सयौं लगानीकर्ताहरु समेत बिना गल्ती सजायको भागीदार बन्नुपर्ने बाध्यता रहेको छ ।

केही साता अगाडि कारोबार राफसाफ नगरेको भन्दै नेप्सेले ब्रोकर नं ३ अरुण सेक्युरिटजको कारोबार एक साताका लागि रोक्का गरेको थियो । त्यस्तै गएको साता मात्रै सेयर किनबेच गरेको रकम राफसाफ गर्न नसक्दा ब्रोकर नं ४२ सनी सेक्युरिटज कम्पनी पनि नेप्सेको कारबाहीमा पर्र्यो ।

यसरी २ साताको अवधिमा मात्र २ वटा ब्रोकर कम्पनी १ सताका लागि आउट हुँदा ती कम्पनीबाट सेयर कारोबार गर्दै आएको हजारौं लगानीकर्तालाई कति असर पर्यो भन्ने सम्बन्धमा कसैले चासो दिएको छैन । एक सातासम्म कारोबार नै रोक्का गर्ने अहिलेको यो व्यवस्थाले गल्ती नै नगरेका लगानीकर्ता समेत कारबाहीको भागेदार बन्न बाध्य भएका छन् ।

एउटा सेयर दलाल एक साताका लागि बन्द हुनु भनेको हजारौं लगानीकर्ता एक साताबाट कारोबारबाट बञ्चित हुनु पनि हो । भलै केही लगानीकर्ताले सेयर किने पछि निर्धारित समयमा सेयर किनेको रकम नबुझाएका हुन सक्छन् त्यो पनि १ दिन ढिला । यस्तो अवस्थामा कार्वाहीमा पर्दा बेग्लै कुरा हो ।

लगानीकर्ताले त्यही सेयर दलालको कार्यालयमा प्रयोगकर्ताको नाम र कारोबार कोड दर्ता गराएका हुन सक्छन् र निक्षेप सदस्यको पनि लाईसेन्स सोही दलालले लिएको रहेछ भने सेयर पनि त्यही ब्रोकरको मातहतमा हुन सक्छ । एकाध लगानीकर्ता मात्र १ भन्दा बढी सेयर ब्रोकरमा कारोबार गर्दै आएका हुन सक्छन् । तर सधै कारोबार गर्ने दलालको कारोबार बन्द हुँदा तत्कालै अर्को दलालकोमा गएर प्रयोगकर्ताको नाम दर्ता गराई कारोबार गर्न लगानीकर्तालाई संभव हुँदैन । सेयर दलाललाई कारोबार गर्नबाट रोक्दा आखिरमा मार त लगानीकर्तालाई नै पर्ने हो ।

गत साता मात्र एक साताका लागि आउट भएको सनी सेक्युरिटिज तोकिएको समयमा नै सेटलमेण्ट गरेर पनि आफुहरु कार्वाहीमा परेको भन्दै गुनासो गर्छ । ब्रोकरका एक अधिकारी भन्छन्, ‘जुन दिन हाम्रो सेटलमेण्ट नभएकाले आउट गरिएको भनिएको छ त्यो दिन हामीले कारोबार गरेका कुनै पनि ब्रोकरले पैसा नपाएको प्रमाण त नियमकले दिन सक्नु पर्यो नि, उक्त दिन ५ बजेर ४५ मिनेटमा सबै रकम भुक्तान भएको छ । नियोजित रुपमा हामीलाई आउट गरिएको हो ।’ लगानीकर्ताको सन्दर्भमा उनी भन्छन्, ‘हामीलाई आउट गरेर तनाव त लगानीकर्तालाई हुन्छ नि । नगरेको गल्तीको सजाय लगानीकर्तालाई किन दिइएको हो थाहा छैन, यदि हामीले गल्ती नै गरेको भए पनि लगानीकर्ताको शेयर कारोबार गर्ने अधिकार बञ्चित नहुने व्यवस्था गर्न नियमकको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

सेयर दलाललाई कमिशन आएन भन्ने चिन्ता पर्नु स्वभिाविक हुन सक्छ, तर लगानीकर्ताको शेयर किन्न वा बेच्न एकदिन मात्रै ढिला भयो भने पनि करोडौ घाटा खानुपर्छ । ब्रोकरको गल्तीले लगानीकर्ताले पनि एक सातासम्म काराबार गर्न नपाईने यो कस्तो सजाय हो ? आम लगानीकर्ताको जिज्ञासा छ । पछिल्लो १ सातामा सेयर बजारमा तिब्र गिरावट आउँदा सनी र अरुणका ग्राहकले समयमा सेयर किन्न वा बेच्न नपाउँदा व्यहोर्नु परेको नोक्सान नियमकले व्यवहोर्ने कि कसले ? प्रश्न चिन्ह खडा भएको छ ।

धितोपत्र राफसाफ तथा फस्छ्यौट नियमावली २०६९ को बिनियम १३ ले केन्द्रिय निक्षेप प्रणाली सीडीएससी मार्फत हुने सेयर कारोबारको राफसाफ तथा फस्छ्यौट तीन कार्य दिन भित्रमा गरिसक्नु पर्ने गरी तोकेको छ । सोही नियमावलीको बिनियम १५ ले तोकिएको समय भित्र रकम तथा शेयर नबुझाएमा बढीमा ७ कार्य दिनसम्म कारोबार रोक्न सकिने अधिकार नियमनकारी निकायलाई दिएको छ ।

यसै अनुसार कारोबार राफसाफ नगर्नेहरु कारबााहीको दायरामा पर्छन । तर कार्वाही गर्दा सेयर कारोबार गर्नबाट लगानीकर्तालाई किन बञ्चित गराइन्छ भन्ने जिज्ञासामा स्टक ब्रोकर नम्बर ५७ का प्रबन्ध निर्देशक गुणनिधी भुषाल भन्छन्, ‘गल्ती सबै पक्षबाट भएको हुन्छ, तर ब्रोकरको गल्ती भनेर लगानीकर्ताको कारोबार गर्ने अधिकार बञ्चित गराइनु हुँदैन । कार्वाहीका किल्प खोजिनु पर्छ, किनभने यस्ता समस्या निर्मुल हुन सक्ने देखिँदैन र अनलाइनबाट रकम भुक्तान गर्ने प्रणाली नबनुन्जेल यस्ता समस्या देखिन सक्छन् ।’

अर्कातर्फ लगानीकर्ताले सेयर किनेको पैसा तीन दिनभित्र बुझाएनन् भने २० प्रतिशत जरिवाना लाग्ने स्पष्ट ब्यवस्था छ । त्यस्तै खातामा नभएको सेयर बेचे र सेयर बुझाउन सकेनन् भने पनि २० प्रतिशत रकम बुझाउनुपर्ने ब्यवस्था छ । यो व्यवस्थालाई आत्मसाथ गरेर पनि सेयर किनेको रकम नबुझाउनेहरुलाई मात्र कार्वाही गर्नु पर्ने देखिन्छ ।

यकिन तथ्याङ नभएपनि अहिले नेपालको पूँजीबजारमा १५ लाख भन्दा बढी लगानीकर्ता रहेको अनुमान छ । यी लगानीकर्ताले ५० वटा सेयर दलाल कम्पनी अर्थात ब्रोकर मार्फत सेयर खरिद बिक्री गर्दै आएका छन् । एक जना लगानीकर्ता वा एउटा ब्रोकरको गल्तीको भागेदार कैंयौं लगानीकर्तालाई बनाइनु उचित कुरा हैन ।

राम्रो काम गर्ने सेयर दलाललाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्नेपर्छ भन्नेमा लगानीकर्ताहरुको जोड रहेको पाईन्छ । तर सेयर दलालले गरेको गल्तीको भागेदार लगानीकर्तालाई पनि बनाईनु दुभाग्यपूर्ण मानेका छन् । राफसाफ प्रणालीमा भएको ढिलासुस्तीले पनि एकै पटक ५० वटा दलालहरुको राफसाफका दौरान आगामी दिनमा कुनै पनि ब्रोकर फेरी आउट नहोला भन्न सकिन्न । यसबाट पर्ने ठुलो असर ब्रोकरलाई नभई लगानीकर्तालाई हो ।

२१ साउन २०७३, ३।३०, मेरो लगानी

वि.सं.२०७३ साउन २१ शुक्रवार १५:५८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...