back
NMB ad

नातिको जीतको उत्सव मनाउँदा हजुरआमाको निधन !

Kumari bank ad

काठमाण्डौं । नातिको जीतको उत्सव मनाउने क्रममा थाइल्यान्डमा ८४ वर्षीय एक  हजुरआमाको निधन भएको छ। रियो ओलम्पिकमा थाइल्यान्डबाट ५६ केजीको तौल समूहमा भिडेका भारत्तोलक सिन्पेत क्रुइतथोङकी हजुरआमाको सोमबार नातिको खेल हेर्ने क्रममा निधन भएको हो।

सिन्पेतले आफ्नौ तौल समूहमा कास्य जितेका थिए। उनकी हजुरआमा सुबिन खोङथापको निधन भएको पुष्टी स्थानीय पुलिस अधिकारीले गरे। ‘सुरुवातको रिपोर्ट अनुसार उनको निधन हद्यघातका कारण भयो भन्ने छ। तर, हामी अस्पतालको पोस्टमार्ट्म रिपोर्टपछि मात्र केही भन्न सक्छौं,’ पुलिस अधिकारी सोमवाङ प्राङ्गप्राकोनले बताएका छन्–‘उत्साही बन्दा उनको हद्यघात भएर मृत्यु भयो भन्ने कुरामा म विश्वस्त भइसकेको छुइन। उनी पहिलेदेखि विरामी परेको पनि हुन सक्छ।’

सिन्पेतले रियो ओलम्पिकमा कूल २ सय ८९ केजी तौल उठाउदै चीनका लोङ क्विङक्विन र ओमयुन–चोलपछि कास्य जितेका थिए।

२५ साउन २०७३, २।००

वि.सं.२०७३ साउन २५ मंगलवार १७:१६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...