back
NMB ad

१५ हजार युवालाई उद्यमशिलता विकास तालिमको अवसर

Kumari bank ad

काठमाडौ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नयाँ उद्योगलाई प्राथमिकता दिएमात्र मुलुकको विकास हुने बताएका छन् ।

घरेलु तथा साना उद्योग विकासको अवलोकन गर्दै मन्त्री जोशीले मुलुकको मागअनुसारको उद्योगलाई प्राथमिकता दिएमात्र बेरोजगार युवा विदेश पलायन हुनबाट रोकिने बताए ।

“परम्परागत उद्योगभन्दा अहिले मुलुकले खोजेको र छिट्टै आम्दानी हुने उद्योग सञ्चालन गर्नका लागि विभागले पहल गर्नुपर्छ ।” मन्त्री जोशीले भने । विभागको संरचनालाई व्यवस्थित गरेर सकारात्मक सोचबाट अगाडि बढे सफलता हासिल गरिने उनको भनाई थियो ।
घरेलु तथा साना उद्योग विभागलाई ७५ वटै जिल्लामा विस्तार गर्नु आवश्यक रहेको मन्त्री जोशीको भनाई थियो ।

उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले मुलुकमा भएका स्रोत साधनको उपयोग गरेमात्र जीविकोपार्जनमा सहज हुने भन्दै गलत काम गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई मन्त्रालयको सहयोग रहने स्पष्ट पारे ।

विभागका महानिर्देशक नारायणप्रसाद विडारीले अहिले मुलुकभर दुई लाख ६५ हजार उद्योग रहे पनि दुई लाख तीन हजार उद्योगले मात्र नवीकरण गरेको जानकारी गराएका थिए । विभागले आगामी वर्ष १५ हजार युवालाई युवा उद्यमशिलता तालिम दिने योजना बनाएको उनले सुनाए । विडारीले स्वदेशमा रहेको शक्तिलाई विदेश पलायन हुनबाट रोक्न तालिमबाट सहयोग पुग्ने बताए ।

प्रकाशित मितिः २०७३ भदौ १३

वि.सं.२०७३ भदौ १३ सोमवार २०:३४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...