back
NMB ad

२ खेलाडी लिएर १६ जनाको जम्बो जेट

Kumari bank ad

काठमाडौ  । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई ‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयमा मंगलबार ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई सफलताको शुभकामना दिँदै उनले भने – “अब नेपाली खेलकुदलाई नीति विधिमार्फत सुधार गर्नेछौँ, ताकि तपाइँमा पनि हामी खेलाडी हौँ भन्ने गर्वको भावना आओस् ।”

यसैबीच यही भदौ १६  देखि २९  गतेसम्म अजरबैजानको बाकुमा हुने ‘चेस ओलम्पियाड’मा भाग लिने  १० खेलाडीसहितको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । जसमा पाँच पाँच पुरुष तथा महिला छन् । पुरुषमा भूपेन्द्र निरौला, सजिन महर्जन, केशव श्रेष्ठ, क्षितिज भण्डारी र विलमलाल श्रेष्ठ तथा महिलामा सिन्दिरा जोशी, शान्ता थापा, मोनालिसा खम्बू, सुजना लोहनी र अस्मिता अधिकारी छन् ।

त्यस्तै ब्राजिलमा भदौ २२ देखि आगामी असोज २  गतेसम्म हुने ‘पारा ओलम्पिक’मा भाग लिने दुई खेलाडी सहितको टोली पनि बुधबार नै त्यसतर्फ जाँदैछ । जसमा पौडीमा लक्ष्मी कुँवर र एथ्लेटिक्समा विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्नेछन् ।  छविलाल चौधरीले रानाको ‘रनर गाइड’का रुपमा काम गर्नेछन् ।

‘पारा ओलम्पिक’मा नेपालका जम्मा दुई खेलाडीले भाग लिँदैछन्  तर त्यहाँ १६ जनाको जम्बो टोली जाँदैछ ।  त्यस्तै ‘चेस ओलम्पियाड’मा १० खेलाडी र दुई कप्तानले सहभागिता जनाउनु हुनेछ  । तर त्यहाँ पनि १९ सदस्यीय टोलीले सहभागिता जनाउँदैछ । यसरी खेलाडीभन्दा धेरै कामविहीन पदाधिकारी जाने प्रथाले नेपाली खेलकुद क्षेत्र आर्थिक रुपमा झन धराशायी बन्ने जानकार बताउँछन् ।

प्रकाशित मितिः २०७३ भदौ १४

वि.सं.२०७३ भदौ १४ मंगलवार २०:४५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...