back
NMB ad

असमानता बढ्दैं : ५४ प्रतिशत सम्पत्ति अर्बपतिहरुको हातमा !

Kumari bank ad

काठमाण्डौं । जोहानसबर्ग स्थित सम्पति अनुसन्धान गर्ने संस्था ‘न्यु वर्ल्ड वेल्थ’को रिपोर्ट अनुसार रसियापछि संसारको सबैभन्दा बढी असमानता भएका देशको सुचिमा भारत दोश्रो नम्बरमा परेको छ ।

भारतमा ५४ प्रतिशत भन्दा बढी सम्पति त्यहाँका अर्वपतिहरुको नियन्त्रणमा रहेको उक्त रिपोर्टमा उल्लेख छ । ‘कुल ५६ सयअर्व डलर व्यक्तिगत सम्पति भएको भारत संसारको दशौं सबैभन्दा धनि देश मध्ये एक हो, तर औसत भारतीय निकै गरिब छन्,’ उक्त रिपोर्टलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ ।

कुल निजि सम्पतिको ६२ प्रतिशत सम्पतिमा अर्वपतिको नियन्त्रण भएको रसिया संसारमा सबैभन्दा बढी असमानता भएको राष्ट्रको रुपमा एक नम्बरमा परेको छ । त्यसको विपरित जापान संसारकै सबैभन्दा बढी समानता भएको राष्ट्र भएको उक्त रिपोर्टले देखाएको छ िजापानमा कुल सम्पतिको २२ प्रतिशतमा मात्र अर्वपतिले नियन्त्रण गरेका छन् ।

कुनै पनि देशमा जती थोरै व्यक्तिले त्यहाँको कुल सम्पति नियन्त्रण गर्छन् उति नै उक्त देश असमान हुने उक्त रिपोर्टले बताएको छ ि‘उदाहरणका लागि, यदी अर्वपतिहरुले ५० प्रतिशत भन्दा बढी सम्पति नियन्त्रण गर्ने हो भने त्यहाँ मध्यम बर्ग फस्टाउने ठाउँ अत्यन्तै थोरै हुन्छ,’ रिपोर्टले भनेको छ ।

उक्त रिपोर्टले अमेरिकालाई तुलनात्मक रुपले समानता भएको देशका रुपमा चिनाएको छ िअमेरिकाको कुल सम्पतिको ३२ प्रतिशतमा मात्र त्यहाँका अर्वपतिले नियन्त्रण गरेका छन् । ‘असमान आय सम्वन्धि अमेरिकी सञ्चार माध्यममा धेरै नकरात्मक कुरा आएका छन्, त्यसलाई हेर्दा उक्त तथ्यांक आश्चर्य लाग्दो छ,’ प्रतिबेदनले भनेको छ ।

त्यसैगरी, समानताको मुद्धमा बेलायतको अवस्था अमेरिका भन्दा केही कमजोर छ । बेलायतको कुल सम्पतिको ३५ प्रतिशत अर्वपतिहरुको नियन्त्रणमा छ । रसियामा एक अर्ब डलर भन्दा बढी सम्पति भएका व्यक्तिहरुको संख्या पनि अत्यन्त ठुलो छ । रसियाको २६ प्रतिशन सम्पति उक्त बर्गको नियन्त्रणमा भएको रिपोर्टले देखाएको छ ।

एक अर्ब डलर भन्दा बढी सम्पति भएका व्यक्तिहरुले मुलुकको कति सम्पति नियन्त्रण गर्छन् भन्ने बारे पनि उक्त रिसर्च संस्थाले सुची तयार गरेको छ । उक्त सुचिमा पनि रसिया पहिलो नम्बरमा परेको छ । त्यस्ता व्यक्तिले रसियाको २६ प्रतिशत सम्पति नियन्त्रण गर्छन् ।

उक्त सुचि आधारमा पनि जापान सबैभन्दा बढी समान भएको देश भएको देखिएको छ िजापानमा एक अर्ब डलर भन्दा बढी सम्पति भएका व्यक्तिहरुले त्यहाँको ३ प्रतिशत सम्पति मात्र नियन्त्रण गरेका छन् ।
२० भदौ २०७३, २।००

वि.सं.२०७३ भदौ २० सोमवार १४:१४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...