काठमाण्डौं । सरकारले म्यानपावर एजेन्सीहरुलाई पनि जिल्ला तहमा शाखा कार्यालय विस्तारका लागि अनुमति दिने भएको छ । वैदेशिक रोजगार ऐनमा पनि म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय खोल्न दिन सकिने उल्लेख छ । तर, सरकारले ठगी बढ्नुका साथै अनुगमन र नियमनमा समस्या हुन सक्ने भन्दै शाखा खोल्न रोकेको थियो ।
अब केही समयभित्रै म्यानपावरहरुलाई शाखा विस्तार गर्न इजाजत दिने प्रक्रिया सुरु हुने वैदेशिक रोजगार विभागले जनाएको छ । एजेन्टका कारण वैदेशिक रोजगारीका जाने कामदार ठगिने क्रम झनै बढेकाले म्यानपावरको शाखा विस्तारलाई खुला गर्नु पर्ने विभागको निष्कर्ष छ ।
यसका लागि मन्त्रालयले यससम्बन्धी छुट्टै कार्यविधि जारी गर्ने भएको छ । अहिले मस्यौदा भइरहेको कार्यविधिलाई छिट्टै अन्तिम रुप दिएर मन्त्रीस्तरीय निर्णयबाट पारित गरिनेछ ।
मस्यौदामा कतितवटासम्म शाखा खोल्न दिने, के–के शाखा खोल्न पुरा गर्नुपर्ने, शाखाको सञ्चालन कसरी गर्ने, के–के नियम पालनना गर्ने ? लगायतका विषयहरु समेटिनेछन् ।
२१ भदौ २०७३, १०।३०
वि.सं.२०७३ भदौ २१ मंगलवार ११:४३ मा प्रकाशित