back
NMB ad

जापानमा मृत्यु भएका रमेशको परिवारलाई तामाङ समाज जापानबाट आर्थिक सहयोग

Kumari bank ad

टोकियो (जापान), २६ भदौ । अध्ययनका लागि दुईवर्षअघि जापान आएर उपचारका क्रममा तीनसाताअघि मृत्यु भएका सिन्धुली लाम्पनडाँडा–५ का २२ वर्षीय रमेश तामाङको परिवारलाई तामाङ समाज जापानले २७ लाख २० हजार जापानीयेन सहयोग प्रदान गरेको छ ।

मृतक रमेशको नाममा उठेको सो रकम सहयोग शनिबार नेपाल पठाएर परिवारलाई हस्तान्तरण गरिएको तामाङ समाज जापानका अध्यक्ष कर्म वाङ्गेल लामाले जानकारी दिए ।

सहयोग जुटाउन सुरु गरिएको अभियानअन्तर्गत सङ्कलन भएको ३६ लाख ३७ हजार ८ सय ११ जापानीयेनमध्ये उपचार र शव पठाउन लागेको नौ लाख १५ हजार ७८८ कटाएर २७ लाख २० हजार २३ जापानीयेन सहयोग उपलब्ध गराइएको हो ।

गत साउन ३१ गते टोकियो महानगरपालिकाअन्तर्गत इकेबुकुरोको नागासिओ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तामाङको शव भदौ ८ गते नेपाल पठाइएको थियो । जापानमा आफन्त कोही नभएपछि तामाङ समाजको पहलमा मृतक तामाङको उपचार र शव नेपाल पठाउन लाग्ने खर्च जुटाउन सहयोग अभियान चलाइएको थियो ।

खानै नखाई शरीरले थेग्न नसक्ने गरी निरन्तर काममा खटिएका कारण उच्च रक्तचाप भई उनको मृत्यु भएको इकेबुकुरोको नागासिओ अस्पतालले बताएको थियो । यसैबीच जापानस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत कृष्णचन्द्र अर्यालले अध्ययनमा आउने जोसुकैले पनि खानपिनमा सावधानी अपनाउन र निरन्तर काममा जानुअघि स्वास्थ्यको ख्याल राख्न अनुरोध गरेका छन् ।

वि.सं.२०७३ भदौ २६ आइतवार १०:०८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...