back
NMB ad

१२ सचिवको सरुवा, को–को कहाँ पुगे ?

Kumari bank ad

काठमाडौ । मन्त्रिपरिषद्को आईतबारको बैठकले विभिन्न १२ मन्त्रालयका सचिवको सरुवा गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीका अनुसार सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

क्षेत्रीय प्रशासक गोपीनाथ मैनालीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ भने निर्वाचन आयोगका सचिव शारदाप्रसाद त्रिताललाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटालाई रक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलाई श्रम तथा रोजगार मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधु रेग्मीलाई लोकसेवा आयोगमा सरुवा गरिएको छ ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णु लम्साललाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीलाई नेपाल ट्रस्टको कार्यालय, रक्षा सचिव महेशकुमार दाहाललाई युवा तथा खेलकुद मन्त्रालय, जल तथा ऊर्जा आयोगका सचिव धनबहादुर तामाङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, नेपाल ट्रस्टका सचिव भीमप्रसाद उपाध्यायलाई जल तथा ऊर्जा आयोग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईलाई आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

योजना आयोगका तीन सदस्य नियुक्त

मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको सदस्यमा डा स्वर्णीम वाग्ले, डा प्रेम बुढाथोकी र धीरेन्द्रमान प्रधानलाई नियुक्त गरेको छ ।

बिद्युत् प्राधिकरणका काफ्लेको राजीनामा स्वीकृत

त्यसैगरि मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले पदबाट दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

केही दिन पहिले प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफ्नो पदबाट दिएको राजीनामा पत्र बुझाएका थिए ।

भवन निर्माण आचारसंहितालाई पारित
बैठकले सरकारले भवन निर्माण आचारसंहितालाई पारित गरेको छ । लामो समयदेखि पारित हुन नसकेको तथा सार्वजनिक समेत हुन नसकेको आचारसंहितालाई नेपाल राजपत्रमार्फत सार्वजनिक गर्ने र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

आचारसंहिता सार्वजनिक नभएका कारण भवन तथा घर निर्माणमा समस्या पर्दै आएको थियो । नयाँ आचारसंहिताले महानगरपालिका, नगरपालिका, नगरोन्मुख क्षेत्रमा नयाँ भवन तथा आवास निर्माणमा सहज हुनेछ ।

प्रकाशित मितिः २०७३ भदौ २६

वि.सं.२०७३ भदौ २६ आइतवार १९:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...