back
NMB ad

कुमारी बैंकले ल्यायो चिप वेशमा आधारित संसारभर प्रयोग गर्न सकिने क्रेडिट कार्ड !

Kumari bank ad

काठमाडौँ । प्रविधियुक्त सेवा भित्र्याउने अग्रणी बैंकको रुपमा परिचय बनाएको कुमारी बैंक लिमिटेडले थप सेवा, सुविधा विस्तार गर्ने क्रममा “कुमारी क्रेडिट कार्ड“ सञ्चालनमा ल्याएको छ । बैंकले हाल दुई प्रकारका क्रेडिट कार्डहरू प्रयोगमा ल्याएको छ । “डोमेष्टिक कार्ड“ नेपाल तथा भारतमा प्रयोग गर्न सकिन्छ भने डलरमा सञ्चालन गरिने “इन्टरनेशनल कार्ड“ विश्वव्यापी प्रयोग गर्न सकिन्छ ।

स्वदेश तथा विदेशका भिसा कार्ड स्वीकार गर्ने सबै एटिएम र व्यापारिक केन्द्रहरुमा कुमारी भिसा क्रेडिट कार्ड सहज रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । नेपालका थोरै बैंकले मात्र प्रयोगमा ल्याएको चिप बेशमा आधारित कार्डमा उच्च सुरक्षा एवं न्यून जोखिमको कारण विदेशमा पनि यस्तो कार्डको प्रयोग बढ्दो क्रममा रहेको बैंकले जनाएको छ ।
यसअघि बैंकले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत प्रयोगमा आउने कुमारी भिसा डेबिट कार्ड प्रयोगमा ल्याइसकेको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै भिसा क्रेडिट कार्ड बैंकका सबै ३६ वटै शाखाहरुवाट उपलब्ध गराउने र बैंकका विद्यमान ग्राहकहरु मात्र नभई क्रेडिट कार्ड लिन चाहने नयाँ ग्राहकहरुले पनि यो सुविधा उपभोग गर्न सक्नेछन् ।
कुमारी बैंक लिमिटेडको हाल काठमाडौँ उपत्यका भित्र ११ र उपत्यका बाहिर २५ गरी कुल ३६ शाखाहरु, २ एक्सटेन्सन काउन्टरहरु तथा ४६ एटिएमहरु सञ्चालनमा रहेका छन् ।

२७ भदौ २०७३

वि.सं.२०७३ भदौ २८ मंगलवार ०९:३३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...