back
NMB ad

राजा महेन्द्रले प्रधानमन्त्री बनाउन चाहन्थे पुष्पलाललाई !

Kumari bank ad

पुष्पलाललाई माइलादाई भन्थें

पार्टी भित्र कमरेड कमरेड भन्ने चलन रैछ । म कसैलाई नै कमरेड भन्ने थिइन । सबैलाई दाई भाई को हिसावले सामाजिक नाताको हिसावले सम्बोधन गर्थेँ । म पुष्पलाल दाई नै भन्थें । मनमोहनलाई पनि दाई नै भन्थें ।
शहिद गंगालाल उहाँको जेठो दाई हुनुहुन्थ्यो । उहाँ बरोबर हाम्रो घरमा आउनु हुन्थ्यो । म जाँचको लागि पढिरहँदाखेरी उहाँ फुपु पुफु भनेर आउनु भएको थियो । म पढेकै कोठा भित्र पस्नु भयो । भाइले के पढिरहेको भन्नु भयो । म छक्क परेर उहाँकै मुख हेरिरहेँ । आमाले तिमीहरुले यसो हेरिदिए नि हुन्थ्यो भन्नु भयो । गंगालाल दाईले फुर्सद त छैन फुपु बेलुका भात खाएर आउनु भन्नु भयो । मलाई औधि खुसी लाग्यो दाजुले पढाइदिन्छु भन्दा । खुसीले गएँ । एघार दिनसम्म जाँदा पनि दाजु भेट्न सकिन । १२ औं दिनमा त उहाँलाई राजकाज मुद्दामा पक्रेर लगिहाल्यो । र शोभा भगवतीमा लगेर गोलि हानी हान्यो । म त्यतिबेला १०÷११ वर्षको थिएँ । त्यहीबेलादेखी मलाई राजनीति तर्फ आकर्षण बढ्दै गयो । मलाई पढाइदिन्छु भन्ने दाजुलाई लगेर मा¥यो । अनि मेरो संसर्ग पनि उतै बढ्दै गएको हो ।

सबैभन्दा पहिलो ठुलो जुलुसनिकाल्दा …

पुष्पलाल दाईले पनि २००० वा २००२ सालमा नेपालको सबैभन्दा पहिलो ठुलो जुलुसमा जनताको नेतृत्व गरेर आउनु भएको थियो । मैले मखन टोलको महादेव पार्वतिको मन्दीरमा देवलमाथि चढेर भाषण गरिरहेको भेट्टाएँ । नागरिक आधिकार हामीलाई चाहियो, राणाहरुले एकलौटी हुकुमी शासन चलाएर मान्छे मार्ने र दमन गर्ने कुरा हामी अव सहन सक्ने छैनौं भनेर भाषाण दिँदै हुनुहुन्थ्यो । मैले नागरिक अधिकार माग्दा मलाई फाँसी दिन्छ भने फाँसी लिन तयार छु । गोली हान्छ भने छाती थाप्न तयार छु भनेर चर्को भाषण दिइरहेको बेला मैले भेटेको हो । त्यहीँबाट फैलिएको जुलुश नक्साल पुग्दा भयँकर ठुलो हुन पुग्यो । नेपालको सबैभन्दा पहिलो जुलुस पुष्पलालले नै हाँक्नु भएको हो । त्यसमा महिलाहरु पनि थिए साहना र साधना दिदी बहिनी थिए । उनीहरु जहिल्यै लागिरहे । शान्ता श्रेष्ठ र नानीमैंया पनि थिए । त्यहाँबाट पद्मसमसेरको दरवारमा लगेर थुनामा राख्यो । केही महिनापछि उहाँहरुलाई छोड्यो । त्यस पछि उहाँ भारततिर लाग्नु भयो । त्यतिबेला राष्ट्रिय काँग्रेसमा लागेर काम गर्नु भयो । काँग्रेसी नेताको चालचलन देखेर उहाँ रिसाउनु भयो । यी मोराहरु पनि राजनेता हो र भनेर कलकत्ता तिर लाग्नु भएको रहेछ ।
त्यही खबर सुनें मैले । उता रत्नलाल वान्तवा जनरल सेक्रेटरी थियो । उहाँकै समसर्गमा नेपाल कम्युनिष्ट पार्टी भनेर २००६ सालमा स्थापना गर्नु भएको हो । नारायण विलास नरबहादुर कर्माचार्य, मोतीदेवी, हुनुहुन्थ्यो ।

क्रान्तिको नेतृत्व गर्न आउनु भएछ …

पछि ००७ सालमा जव क्रान्ती शुरु भयो नेपाली काँग्रेसको तर्फबाट । त्यसमा मैले पनि भाग लिएँ । गौरी भक्त दाईको पहिलो सम्पर्कमा मैले चिनें । उहाँको जेठानकोमा । उहाँले नै मलाई पुष्पलाल दाई भेटाइदिएको हो । आफ्नै मामाको छोरा भएर पनि मैले भेट्न नपाएको । उहाँले आफ्नो फुपुको घरमा ल्याएर राखिछोड्नु भएको रहेछ । उहाँको फुपुको घर मरुटोलमा गौरी भक्त दाईले भेटाइदिनु भयो ।
दाईले यहाँ बसिरहेको धेरै समय भयो मलाई तिमी कहाँ बस्न कस्तो होला भाई भनेर कुरा राख्नु भयो । मैले हुन्छ भने तर फुपुलाई त थाहा नदेउ नि भन्नु भयो । फेरी अर्को अप्ठ्यारो भयो । कसरी सकन्छि, भात खुवाउनु प¥यो । यसो सोचें । यता भात खुवाँदा पनि थाहा भैहाल्छ । संगै भएको पुरानो घरमा साथिकोबाट भात ल्याएर खुवाएर राखियो । ००७ सालमा बिराटनगरतिर गोली काण्ड चल्दै थियो । विराटनगर, भोजपुर उदयपुर हमला भयो । यता जुलुश आयो । यहाँका राजनीतिक कार्यकर्ता सबै लगेर जेलमा हालिदिएको थियो । यहाँ मैले पनि भाग लिएको थिएँ । त्यहाँ कसरी भाषण दिने भनेर सोधें । मैले केही जान्ने थिएन । उहाँले सिकाइदिनु भयो । शान्तिपुर्ण आन्दोलनको पक्षमा मैले भाषण गरें । मलाई त्यतिबेलै रसियाको इतिहास पनि पढाउँदै हुनुहुन्थ्यो । त्यहाँ लेनिनले पनि उनीहरुको संसदको नेताहरुको साथमा भाग लिन गएको थियो । त्यो इतिहास पनि उहाँले नै पढाउनु भएको हो । मेरो पहिलो भाषण त्यही थियो जुन पुष्पलाले सिकाउनु भएको हो ।

संगठन निर्माणमा अब्बल …

उहाँले मलाई पार्टीहरुको अधिवेशन गर्ने, माइनयुट लेख्ने सबै सिकाइदिनु भयो । विद्यार्थीहरुको पनि आयोजना गर्ने अफिस उहाँले नै मिलाई सक्नु भएको थियो ।
मदन लोचनलाई उहाँको निर्देशन बमोजिम विस्तारै संगठन बनाइयो । किसान, महिला संगठनमा कामाक्षदेवीलाई पहिलो अध्यक्ष बनाएर मैले माइन्युट लेखिदिएको हो । युवक संगठन खोलियो । त्यसमा पनि पुर्णबहादुर एमएलाई अध्यक्ष बनाइयो । पुर्णबहादुर एमएलाई गणेशमानले गाली गरेकोले चित्त दुखाएर बसेको रहेछ । पुष्पलाल दाईले त्यो थाहा पाएर उसलाई पार्टीमा ल्याउनु भयो ।
हिलारीले सगरमाथा चढेर फर्केपछि पहिलो स्वागत टुँडीखेलमा पुर्ण बहादुर एमएको नेतृत्वमा गरिएको थियो । ०११ साल फाुन ११ गते नेपाल चीन मैत्री संघ पनि पुर्ण बहादुरकै नेतृत्वमा बनाउन पुष्पलाल दाइकै निर्देशन बमोजिम पुर्णबहादुर अध्यक्ष नरप्रताप थापा उपाध्यक्ष र मसचिव भएर स्थापना ग¥यौं । त्यो अहिले सम्म चलिरहेको छ । पुर्णबहादर एमएले मर्नु केही दिन अगाडी नारायणमान विजुक्छेलाई फाइल जिम्मा दिएर पठाउनु भएको रहेछ । यस्ता प्रायः सबै संगठनको पहिलो हस्त मेरै छ ।
शान्तिको नाममा मान्छे जम्मा गर्ने गरिन्थ्यो । एकैचोटी कम्युनिष्टको कुरा गर्दा मान्छे डराउँछ आउन मान्दैन भनेर शान्तिको नाममा मान्छे बटुल्ने र पछि राजनीतिक छलफल गर्ने भनेर कुरा सिकाउनु हुन्थ्यो । हामी त्यसै गरिन्थ्यो । कर्मचारी संगठनको हडताल सुरु भयो । त्यसमा पनि पुष्पलाल दाइकै निर्देशनमा कमिटी बनाइएको हो । पछि त्यो नेतृत्व लिने मानिस दरवारिया भयो ।

पुष्पलाल र मनमोहन अधिकारी साह्रै मिल्थे

पुष्पलाल र मनमोहन अधिकारी साह्रै मिल्थे दाजु भाई जत्तिकै । उहाँलाई कहीँ दुःख होला भनेर मलाई पुष्पलाल दाई सम्झाइहरनु हुन्थ्यो । मनमोहनलाई एउटा औषधी नभई हुन्नथ्यो । दुई वर्ष सम्म म मेयर हुँदासम्म पनि मेरै घरमा बस्नु भएको थियो मनमोहन अधिकारी ।
मनमोहन धेरै दिन बस्नु भयो । बाबु आमासंग पनि परिचय हुन पाएको थिएन । एक दिन बुवालाई भेटाइदिएँ । बुवाले मनमोहनलाई तिमीहरुले राजनीति गरेर के पाउँछौ ! केही पनि गर्न सक्दैनौ भन्दै नेवारी उखानमा …… छेपारोले घ्याम्पो सममाउँछु भनेर सक्छ ! भनेर मनहोहनलाई भन्नु भएको थियो ।

जनकपुरमा पुष्पलाल दाईको त्यो भाषण …

उपचार गर्न मेरो बुवा आमा जनकपुर तिर आफ्नो भानिजको जागिर भएको ठाउँमा जानु हुन्थ्यो । त्यहाँ पुष्पलाल दाईको आम साभाको लागि विहान सवेरैदेखि दिनभरी नै माइकेलाल पुष्पलाल स्लोगान दिएर स्पिकर लगाएर ग्रुप ग्रुपमा मान्छेहरु जिल्ला भरी घुमिरहेको सुन्नु भएको रहेछ । माइकेलाल पुष्पलाल ! यत्रो नेता भइसक्यो ! त्यो जुलुसमा यत्रो नाम चलिसक्यो भनेर बुवा आमा छक्क पर्नु भयो । यो त गायव भयो, यहाँ बस्दै नबसी भागेर गयो भनेको त यहाँ यस्तो संगठन गरेको रहेछ भनेर दिउँसो चार बजे भाषण थियो रे जलेश्वरमा बुवा मुमा पनि हेर्न जानु भए छ । बुढाबुढीलाई पनि धुमधाम प्रभाव परेछ । बाफ्रे सारा मधेसीहरु उहाँको पक्षमा माइकेलाल पुष्पलाल भनेर नारा लगाइरहेका । नचाहिने काममा लागेर दाजुलाई त मारिसक्यो भन्थे बुढाबुढीहरु त्यस दिन देखी यिनिहरुले यसरी देशै पल्टाउँदै रहेछ भनेर असर परेछ । त्यस दिनदेखी बुवाले छेपारोले घ्याम्पो समाउने भन्ने कुुरा गर्न छोड्नु भयो त्यस बेलादेखि घरमा खुलेआम आउने केन्द्रीय कमिटीको बैठक गर्ने गर्न थालियो ।
दुई तीन वर्ष त मेरै घरमा हुन्थ्यो सेन्ट्रल कमिटीको बैठक । अलि पछि पार्टी भित्र गलत मान्छेहरु पसिसकेको आभास पाएँ । शैलेन्द्र कुमार, डिपी अधिकारी, मदनमणी दिक्षित कहिले के कहिले के ।

पहिलो मेयर हुँदा …

नगरपालिकाको चुनावमा पुष्पलाल दाई यहाँ हुनुहुन्थेन । मनहोहनदाई मेरै घरमा हुनुहुन्थ्यो । उहाँकै निर्देशनमा म लागें । स्वतन्त्र व्यक्तिहरु पनि आएर तपाई नै हुनु पर्छ अरु लायक मान्छे हामीले देखेनौं भने । नेपाली काँग्रेससंग पनि मिलेर जानु पर्ने थियो । वीपि कम्युनिष्टसंग मिलेर जानु पर्छ भन्ने पक्षमा नभएकोले सिधै गणेशमान सिंहसंग कुरा गर्ने निधो गरियो । पुष्पलाल दाईले कतिपल्ट मिलेर संयुक्त आन्दोलन गरौं भन्दा कम्युनिष्टसित हाम्रो मेल हुँदैन संसारमा कहिँ छ र ! भनेर मेरो नीति मिलुनजेल मेरो पछि तपाई लाग्नुस, तपाईको नीति मिले म सपोर्ट गरौंला भन्ने कुरा हुन्थ्यो । संयुक्त मोर्चाको पक्षमा विपी थिएनन् ।
मनमोहन दाईलाई सबै कुरा बताएँ । तपाईलाई सपोर्ट दिनलाई जेजे गर्न पर्छ गरौंला भन्नु भयो । चुनाव हुँदा सबैले मलाई भोट दियो । १२ मा १२ भोट आएको थियो । मनमोहन दाईले अँगालो हाल्नु भयो ।
पछि नगरपालिकामा काम गर्दै थिएँ । पुष्पलाल दाई यता उता घुम्दै संगठन बनाउँदै हुनु हुन्थ्यो । जहाँ संगठन निर्माण गर्ने दुई जना मान्छे टिपिहाल्नु हुन्थ्यो । पक्का पक्की बनाएर आउनु हुन्थ्यो । प्रजापरिषदको शम्भुरामलाई दश चोटी भेटेर यता तान्नु भयो । उहाँकै निर्देशनमा म चारैतिर भ्याएर कुरा गर्थेँ ।
यसरी पार्टी निर्माण गरेर अगाडी बढ्दै थियो । जहाँ पनि म अगाडी बढ्थें । जहाँ पनि मञ्चमा गएर भाषण दिन्थें । पुष्पलालकै कारण मैले धेरै अनुभाव हासिल गरें । यही कारण मेरा नाम चल्यो र नगरपालिकामा जितें । पुष्पलाल दाईकै संगतमा लागेर जुलुसको लिड गर्ने, भाषण गर्ने सबै सिकें । कर्मचारीको आन्दोलनमा पनि मैले दाईकै सर्पोटमा सघाएँ । पुष्पलाल दाईको बुवा सुब्बा हुनुहुन्थ्यो त्यतिबेला भक्तलाल । प्लेटफमको अध्यक्ष उहाँ हुनुहुन्थ्यो । गंगालाल दाईको पालोमा छोराको राजनीतिक आरोपमा उहाँको जागिर खोसिएको थियो । ००७ साल पछि फेरी सुब्बा भएर जागिरमा फर्किनु भयो ।

सबैका प्रिय पुष्पलाल आफ्नै भित्र षडयन्त्र भो !

पुष्पलालाई सबैले असाध्यै विश्वास गर्नु हुुन्थ्यो । एक चोटी भेटेको मान्छेले उहाँलाई छोड्दै छोड्दैन थ्यो । हृदयदेखिनै माया गरेको मैले पाएँ । जहाँ पुग्यो त्यहाँ प्रभाव छाड्ने । त्यसैले अहिले पनि जताततै उहाँको नाम चम्किएको हो । यसरी डुल्ने कोही नेता छैन । उहाँले बहुत डुलेर बहुत दुःख पाएर संगठन निर्माण गर्नु भएको हो ।
एक चोटी उहाँको शैलेन्द्र कुमारहरुको विरोध आएको थियो । मनमोहन दाई पनि उहाँकै घमा भात खाइरहेको बेलामा ०११ सालतिर दुई जना कुरा गरिरहनु भएको थियो । मनमोहनले पुष्पलाल दाइलाई डिपी र शैलेन्द्रलाई विरगंजमा कुरा गरें भन्दै भोली सत्ता हात परे साथि पनि नभनी मार्ला तिमीहरुले भनेर झपारें भनेको कुरा बहिरबाटै सुनें । पुष्पलालको नेतृत्व फेर्नु पर्छ भनेर कुरा उठेको सुनें । पेपरमा पनि विरोध आएको थाहा पाएँ ।
त्यो कुरा थाहा पाए पछि मैले पुष्पलाल दाईसंग भनें यो राम्रो भएन । आफ्नै पार्टीका नेताको विरुद्धमा संसारमा कहिँबाट पनि यस्तो विरोध आउँदैन । पार्टीकै मान्छेले तपाईको खिलाफमा पेपरमा दिइरहेको छ । म उत्तर गण्डक क्षेत्रको सचिव भएकोले सबैतिरबाट मलाइ खबर आउँछ म लड्छु दाई भनेँ । यो त पार्टी विगार्ने कुरा आयो भनेँ । यहाँले पार्टी फोर्ने कुरा नगरम भन्नु भयो । उहाँले भन्नु भयो मैले मान्नै प¥यो । पछि फेरी थ्रि मेन्स कमिटी भनेर ल्याए । थ्री मेन्सकमिटीको सर्कुलर पठाइदेउ भनेर मलाई जिम्मा दिनु भयो । मैले म पठाउँन्न दाई भनें । तपाई महासचिव खत्तम यो के हो थ्री मेन्ससीप कमिटी ? तीन जना संगै हिँड्ने भनें ! थ्री मेन्ससीपमा पुष्पलाल, मनमोहन, तुलसीलाल अमात्यको गठन भयो । तपाईले किन छोडेको कोही मान्दैन यो कुरा । भोली पुष्पलालको भाई भन्छ र जो नेतृत्वमा पुग्छ मलाई पहिले हिर्काउँछ । रुसको इतिहास तपाईले पहिले पढाउनु भयो । सत्रु मार्ने यहीँ हो विरोधीहरुले । तपाईले मलाई पार्टी फोर्ने कुरा नगर भन्नु भयो । पार्टी फोर्ने कुरा मैले गरेको हैन । अनुशासन छोड्नेको विरुद्धमा काम गर्नु प¥यो मैले भन्न खोजेको थिएँ । पछिल्लो पटक पनि उहाँले यस्तो कुरा नगर बाबु यत्रो मेहनत गरेको पार्टी फुटाउनु हुन्न भन्नु भयो । सायद यस्तो कदम चाल्दा पार्टी फुट्छ भन्ने चिन्ता लागेको हुनु पर्छ । उहाँको असाध्य पार्टी माथि माया थियो ।
मैले त्यही दिन दाई अव म पार्टीमा काम गर्दिन भनेर छोडिदिएँ । मनमोहन पनि हुनुहुन्थ्यो । उहाँले केही पनि भन्नु भएन । मलाई चित्त दुख्यो पुष्पलाल दाईलाई आजैदेखि पार्टीमा काम गर्दिन भनेर फर्किएर आएँ । पछि बोलाइ बोलाई मलाई जवर्जस्ति पाटनमा जिल्ला कमिटीको बैठकमा लानु भयो । पाटनेहरु बहुत कडा मिजासका । पुष्पलाल दाईले केही बोलेनन् । सबै कार्यकर्ताले सोधे किन छोडेको भनेर । हामी पार्टीमा लाग्नुको कारण लिडरसीपमा विश्वास गरेर हो । हाम्रो पनि ज्यान हत्केलामा छ हामी त्यसै लागेका हैनौं भनेर यो निर्णय मान्दैनौं भनेर मिटिङ नै हुन दिएनन् । कस्ले छोडाएको भन्दै किन छोडाएको भन्दै । महनमोहन र पुष्पलाललाई ¥याख¥याख्ती पारे ।

काँग्रेस र राजा सबैको सत्रु थियो कम्युनिष्ट

काँग्रेस र राजा सबैको सत्रु थियो कम्युनिष्ट । विपी बाँचिरहेको भए संयुक्त जनआन्दोलन पनि हुँदैनथ्यो । पार्टी भित्रको यस्तो खेल पनि काँग्रेस र सरकारले नै लगाएको जस्तो लाग्यो ।
मैले पार्टी छोडिसक्दा पनि म जेल परें राजालाई गाली ग¥यो, मातृकालाई गाली ग¥यो भनेर शान्ति खलल्याएका भनेर । मातृकाले मलाई बर्खास्त गर्न खोजेको थियो । जेलमा पनि पार्टीका कोही भेट्न गएन । पछि छुटेर आएँ । पुष्पलाल दाईलाई यस्तो भयो भनेर सुनाएँ । म पार्टी छोडेर मेयर भएकै बेला ल पढेर सकें । पछि चुनाव आयो मैले काम गर्न सकिरहेको थिएन । ०१५ सालको चुनावमा म त्यति सक्रिय हुन सकिन ।
पुष्पलाल दाईले विश्वास गरेको शम्भुरामले सबै विगार्देको कुरा पुष्पलालको भाई विजयलालबाट थाहा पाएँ । उहाँ असाध्यै विश्वास गर्ने पुरानो साथि भनेर । आखिरीमा (उहाँ) शम्भुराम छुट्टेर जानु भो । मनमोहनको संगत खुब मिलेको थियो । पछि जेल पर्दा यीनिहरुको कुरा मिलेन छ झगडा प¥यो बोलचालै बन्द । नेताहरुको ताल यस्तै छ ।

राजा महेन्द्रले पुष्पलाललाई निकै खोजे  …

एक दिन पुष्पलाल आएको बेला राती गम्भिरमानकोमा भेट भयो । उस्ले मलाई धेरै खोजेको थाहा छ, बनारसमा पनि महेन्द्र आफैं आएर भेट्न खोजेको थियो मैले भेट नदिएरै छलाएर बसिरहेको छु । उसले अफर गर्ला मलाई प्रधानमन्त्री देला तर मेरो जिन्दगीको सबै कुरा खराव हुन्छ । मैले पार्टीको लागि यत्ति दुःख गरेँ । यत्ति संगठन गरिसकेँ, आज म उस्लाई भेट्न जाँदा धोवीका कुत्ता घरको न घाटको हुन्छु दाई ! त्यसैले मैले भेट नदिएको !

पुष्पलाल दाई बहुत दुःख पाएर हिँड्नु भएको मैले सुनें । खानपिन पनि छैन । लाष्टमा उहाँलाई सपोर्ट गर्ने शहिद गंगाला दाईको क्लासमेट गम्भिरमान सिंह भोटेवहालको हुनुहुन्थ्यो । उहाँले मलाई भेट्न बोलाउनु भएको रहेछ । उहाँ विरामी परेर हिँड्न नसक्ने अवस्थामा हुनुहुँदो रहेछ ।
उहाँले एक्कासी बोलाउनु भयो । म गएँ । म यस्तो हालतमा बसिरहेकोलाई राजा महेन्द्रले पुष्पलाल तपाईले भनेपछि मान्छ भनेर खबर आयो । म उठ्न नसक्ने मान्छे मैले कसरी बोलाउँ । यहाँ बस्या होइन । भारत निर्वासनमा बसेको मान्छे तिमीले भनेपछि मान्छ बोलाइदेउ भन्नु भयो ।
एक दिन पुष्पलाल दाई आएको बेला राती गम्भिरमानकोमा भेट भयो । पुष्पलाल दाईले गम्भिरमानलाई भन्नु भयो दाइलाई राजाले साह्रै दुःख दिइरहेको छ भन्ने थाहा पाएर म आएको ।
गम्भिरमानले दाईलाई भन्नु भयो : तिमीले भनेपछि मान्छ पुष्पलाललाई एक पटक मसित भेटाइदेउ भनेर महेन्द्रले जोर जुलुम गरिरहेको छ । दाईले भन्नु भयो : मैले यत्ति पार्टीको लागि दुःख गरेँ । यत्ति संगठन गरिसकेँ आज म उस्लाई भेट्न जाँदा प्रधानमन्त्री देला भोली त फेरी टंकप्रसादलाई जस्तै फुटबल हानिहाल्छ उसको काम सिद्धिएपछि । म त धोवीका कुत्ता घरका न घाटका हुन्छ दाई ! त्यसैले मैले भेट नदिएको भन्नु भयो ।
उस्ले मलाई धेरै खोजेको थाहा छ, बनारसमा पनि महेन्द्र आफैं आएर भेट्न खोजेको थियो मैले भेट नदिएरै छलाएर बसिरहेको छु । उसको के काम लिनलाई हो त्यो मलाई थाहा छैन । उसले अफर गर्ला मलाई प्रधानमन्त्री देला भन्नु भयो । मेरो जिन्दगी सबै कुरा खराव हुन्छ यसलाई भेट्दाखेरी दाई आफैं भन्नुस । दाईले जाउ हुन्छ भन्नु भयो भने म जाउँला भेटौंला । हैन भने म जान्न । यत्ति भनिसकेपछि गम्भिरमान दाइले पनि भैगो नजाउ भन्दिनु भयो । यहाँ बस्यो भने पक्राउ परिहालिन्छ । यतै बाट फर्किन्छु भनेर उहाँ फेरी भारत जानु भयो ।

(नेपालको पहिलो मेयर जनकमान श्रेष्ठसंग कुराकानीमा आधारित )

२०७३ असोज १

वि.सं.२०७३ असोज १ शनिवार १८:३३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...