back
NMB ad

कलाकार सन्तोष पन्तविरुद्ध यौन दुर्व्यवहारको उजुरी

Kumari bank ad

काठमाडौं । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग आएका पन्तले दुव्र्यवहार गरेको भन्दै उनले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी हुन् ।

केटिएम सेक्युरिटीका ब्राण्ड एम्बेस्डरसमेत रहेका पन्तले आफ्नो संवेदनशिल अंगमा छुने काम गर्नुका साथै व्यक्तिगत जीवनसँग सम्बन्धीत प्रश्न पनि सोधेर थप पीडा दिएको उजुरीमा उल्लेख रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

स्रोतका अनुसार केटिएमका अध्यक्ष साह, निरीक्षक विष्णु कोइराला, हेडगार्ड राजेन्द्र तामाङ पनि महिला होस्टेलमा पुगेका थिए । महिला होस्टेलमा राति ११ बजेपछि कसैलाई प्रवेश नदिइने भए पनि प्रमुख स्वयम् आएकोमा ढोका खोलिएको उनको भनाइ छ ।

उनले अध्यक्ष साहले पनि श्रीमान भएरनभएको, छोराछोरी भएरनभएको, काम गरेपछि र अगाडिको शारीरिक तौल र नाप के कति घटबढ भएको लगायत प्रश्न गरेको उजुरीमा उल्लेख छ ।

महिला अधिकारकर्मी मञ्जु भण्डारीले महिला कामदारमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्नुपर्ने माग गरिन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी खतिवडाले भने उजुरी आएको र त्यस विषयमा खनुसन्धान हुने बताए । समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रकाशितः २०७३ असोज २

वि.सं.२०७३ असोज २ आइतवार १०:१० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...