back
NMB ad

दशैं तिहारका लागि खुल्यो सुपथ मूल्य पसल !

Kumari bank ad

काठमाण्डौं । दशैं तथा तिहारका लागि उपभोग्य सामानमा छुट दिने उद्देश्यले सरकारले शनिबार देखि सुपथ मूल्य पसल सञ्चालन गरेको छ। शहरभित्र २४ स्थानमा यस्ता सुपथ मूल्य पसल सुरु भएको हो।

आपूर्तिमन्त्री दीपक बोहराले शनिबार नेशनल ट्रेडिङको व्यापार कक्षमा सुरु भएको सुपथ मूल्य पसलको उदघाटन गरे । नेसनल ट्रेडिङ, दुग्ध विकास संस्थान र नेपाल खाद्य संस्थान लगायतका सस्थाले उपभोक्तालाई एकै स्थानमा सस्तो दरमा सामान उपलब्ध गराउने छन् ।

खाद्य संस्थानले आफूले बिक्री गर्ने सबै खाद्य वस्तुमा पाँच प्रतिशत, नेसनल ट्रेडिङ लिमिटेडले ३० देखि ७० प्रतिशत तथा निजी क्षेत्रबाट सञ्चालित ठूला डिपार्टमेन्टल स्टोरले १५ प्रतिशत छुट दिइने जानकारी दिइयो।

सुपथ मूल्य पसल उदघाटन गर्दै आपूर्तिमन्त्री दीपक बोहराले सरकारले व्यापारीलाई म्याद सकिएको तथा मिसावट भएका उपभोग्य सामग्री कुनै हालतमा बिक्री गर्न नदिइने प्रतिवद्धता व्यक्त गरे। उनले भने– बजारमा आफू खुसी मूल्यवृद्धि गरी सामान बिक्री गर्ने व्यापारीलाई कडा सजाय हुने कानून तर्जुमा गर्ने गृहकार्यमा सरकार लागेको छ ।

मन्त्री बोहराले दसैँ, तिहार र छठ पर्वमा जनतालाई सुलभ मूल्यमा अत्यावश्यक उपभोग्य सामग्री बिक्री गर्ने काम सरकारीस्तरवाट सुरु गरिने बताउँदै मुख्य चाडपर्वका वेला नीजि तथा ठूला डिपार्टमेन्टल स्टोरले पनि सहुलियत दरमा सामान बिक्री गर्ने कार्य सुरु गर्नुपर्नेमा जोडदिए।

उनले मूल्यवृद्धि गर्ने व्यापारीका बारेमा सूचना दिएमा सरकारले तत्कालै कडा कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले दसैँ, तिहारलाई लक्षित गरी सरकारले सञ्चालन गरेको सुपथ मूल्यको पसलबाट सर्वसाधारण, मध्यम तथा गरिब वर्गका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धिताल, दुग्ध विकास संस्थानका महाप्रबन्धक गङ्गा तिमिल्सिना, नेसनल ट्रेडिङ लिमिटेडका सञ्चालक समितिका अध्यक्ष धनबहादुर बुढा, नेपाल खाद्य संस्थानका महाप्रबन्धक डा शिव श्रेष्ठलगायतले जनताको सुविधाका लागि नै आफूहरुले सुलभ मूल्यमा उपभोग्य सामान उपलब्ध गराएको बताए।

सो अवसरमा खाद्य संस्थानले आफूले बिक्री गर्ने सबै खाद्य वस्तुमा पाँच प्रतिशत, नेसनल ट्रेडिङ लिमिटेडले ३० देखि ७० प्रतिशत तथा निजी क्षेत्रबाट सञ्चालित ठूला डिपार्टमेन्टल स्टोरले १५ प्रतिशत छुट दिइने जानकारी दिइयो।

नेसनल ट्रेडिङको भवनमा ११ वटा बिक्री कक्ष तथा सहरका विभिन्न भागको २४ स्थानमा सुपथ मूल्यका पसल तथा ‘मोबाइल भ्यान’बाट पनि सहरको चोकचोकमा सुपथ मूल्यमा उपभोग्य सामग्री बिक्री गर्ने व्यवस्था मिलाइएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक धितालले जानकारी दिए। सुपथ मूल्य पसल आगामी कात्तिक २१ गतेसम्म चल्नेछ।

२ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज २ आइतवार ११:४१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...