back
NMB ad

यसरी मनाइयो बेलहियामा विश्व पर्यटन दिवस

Kumari bank ad

भैरहवा । नेपाल भारत सीमा क्षेत्र बेलहियामा पर्यटकलाई भब्य स्वागत गरेर ३७ औं विश्व पर्यटन दिवस मनाइएको छ । सबैका लागि पर्यटन, विश्वव्यापी पहुँचमा पर्यटन भन्ने मूल नाराका साथ सेप्टेम्बर २७ तारिख अर्थात असोज ११ गते मंगलबार विश्वभर मनाइएको विश्व पर्यटन दिवस स्थलगत मार्ग हुदैं सबै भन्दा धेरै पर्यटक भित्रिने नाका बेलहियामा विशेष रुपमा मनाइएको हो ।
सो अवसरमा स्थल मार्ग हुदै नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई वेलहियानाकामा भव्य स्वागत गरिएको थियो ।
मंगलबार स्थल मार्ग हुदै नेपाल प्रवेश गर्ने पहिलो विदेशी पर्यटक अमेरिकी नागरिक रोज ह्याड्रीलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले ढाका टोपी, अविर लगाएर नेपालमा स्वागत गर्नु भएको थियो । नेपाल भारत दसगजा क्षेत्रमा पन्चेबजा, पन्चकन्या सहित नेपालका पर्यटन सम्बद्र्ध व्यक्तित्वहरुले अमेरिकन नागरिकलाई स्वागत गर्दा उनी अत्यन्तै हर्षित देखिन्थे ।
स्वागत पश्चात आफ्ना भनाई राख्दै अमेरिकी नागरिक रोजले नेपालमा यसरी सम्मान पाउंदा अत्यन्तै खुशी लागेको बताए ।नेपालमा आफु चौथो पटक आएको भए पनि लुम्बिनीको बारेमा कसैले पनि आफुलाई जानकारी नदिएका कारण अझैसम्म त्यहां पुग्न नसकेको गुनासो समेत गरे । तर यो पटक लुम्बिनी पक्कै घुम्छु उनले भने ।

tourist welcome (2)
यसैगरी सोही नाकाबाट नेपाल भित्रीएका अन्य पर्यटकलाई पनि स्वागत गरिएको थियो । पर्यटकलाई स्वागत पश्चात साट्टाका अध्यक्ष चन्द्र थापाको अध्यक्षतामा औपचारिक कार्यक्रम समेत सम्पन्न भएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले नेपालीहरुको समृद्धिको आधार पर्यटन व्यवसाय भएको बताउँदै पर्यटन व्यवसायलाई व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिए । उनले लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि लुम्बिनीसँग जोडिएका क्षेत्रहरुको विकास नहुँदासम्म पर्यटन क्षेत्रको विकास नहुने बताए ।
साट्टाका संस्थापक अध्यक्ष विष्णुप्रसाद शर्मा, निवर्तमान अध्यक्ष सागर अधिकारी, लुम्बिनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष तुलसी प्रसाद चौधरी, सिद्धार्थ उद्योग वणिज्य संघका कार्यबाहक अध्यक्ष डा.शान्त कुमार शर्मा, उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष गिरिषचन्द्र त्रिपाठी, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष रामचन्द्र रेग्मी, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी लगायतले पर्यटन व्यवसाय नै नेपालको समृद्धिको आधार भएकोले राज्यले यस क्षेत्रलाई विशेष महत्वमा राखेर नीति बनाउनुपर्ने बताए ।

tourist welcome (3)
सो अवसरमा बोल्ने पर्यटन व्यवसायी तथा अन्य वतmाहरुले नेपालमा पर्यटनका सम्भावना धरै रहेपनि यसको सही प्रर्वद्धन हुन नसक्दा पर्यटनको विकास हुन नसकेको बताएका थिए । सरकारको पर्यटन नीतिमै सुधारको खांचो रहेको उनीहरुले बताए ।
सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)को स्वागत तथा साट्टाका महासचिव मुकेश श्रेष्ठको संचालनमा भएको कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, पर्यटन व्यवसायीहरु, साट्टाका पूर्व अध्यक्ष तथा सदस्यहरु एवं नेपाल र भारतका पत्रकार तथा बेलहियाका स्थानीयहरुको सहभागिता रहेको थियो ।

world tourism day (1)
दिवस मनाउनकोलागी यसअघि नै साट्टाका अध्यक्ष थापा संयोजक र सिद्धार्थ होटल एशोसियसन (शान) का अध्यक्ष श्रेष्ठ सहसंयोजक रहेको समिती चयन भएको थियो । जसको सदस्यहरुमा लुम्बिनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितीका सदस्य कृष्ण प्रसाद अधिकारी सागर, साट्टाका संस्थापक अध्यक्ष विष्णु प्रसाद शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष डा. शान्त कुमार शर्मा, नेपाल भारत मैत्री संघका अध्यक्ष श्रीचन्द गुप्ता, लुम्बिनी प्रेस क्लबका महासचिव नरेश के.सी, उद्योग व्यपार संगठनका सदस्य टिकाराम भट्टराई, साट्टका उपाध्यक्ष गोविन्द सिंह, बेलहिया गाऊ समाजका सचिव सुमित प्रधान, पर्यटन प्रहरी प्रमुख मुकन्द गौतम, पर्यटन व्यवसायी लगायत थिए । पर्यटन दिवसका अवसरमा रुपन्देहीका होटलहरुले ३० प्रतिशत सम्म छुट दिएका छन् ।

world tourism day (2)
२०७३ असोज ११

वि.सं.२०७३ असोज १२ बुधवार १०:५८ मा प्रकाशित

You can share this post!

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...